यदि तपाइँले कुनै महिलाको उमेर सोध्नु भो भने कहिलेकाँहि त सम्बन्ध नै धरापमा समेत पर्न सक्छ । महिलाहरुले भन्नै नखोज्ने कुरा हो उनीहरुको उमेर ।

हालै गरिएको एक अनुसन्धानले महिलाहरुले उमेरको विषयमा गलत धारणा राख्ने देखाएको छ । डेली एक्सप्रेसमा प्रकाशित उक्त अध्यनका अनुसार महिलाहरुलाई उमेर बारे भ्रम हुन्छ र यसको विषयमा गलत धारणाहरु पनि बोकेका हुन्छन् ।

woman tell lie about age

महिलाको मनोविज्ञानमाथि अनुसन्धान गरेका शोधकर्ताहरुले ४५ वर्ष नकाट्दा सम्म महिलाहरुलाई आफ्नो साविक उमेर भन्दा ५ वर्ष कम लाग्ने गरेको बताए ।

ल्यानकम एडभान्स जेनेफिकले गरेको महिला मनोविज्ञानमाथिको शोधमा महिलाहरुले आफू धेरै उमेरसम्म जवान हुन पाउनु पर्ने नैसर्गिक अधिकार नै भएको समेत ठान्छन् ।

शोधमा सहभागी भएका करिव ३३ प्रतिशत महिलाले त्वचाका कारण आफू जवान देखिने दावी गरेका थिए । त्यसैगरी कतिपयले त आफू उमेर भन्दा १० वर्ष कान्छी देखिने दावी समेत गरेका थिए ।

woman tell lie about age 1

शोधकर्ता भिक्टोरिया क्याम्पवेलले महिलाहरुमा उमेरबारे भ्रमात्मक धारणा गहिरोगरी रहेको र यसलाई बदल्न कठिन रहेको बताइन् । तर यस्तो किन हुन्छ भन्ने कुरा थाहा पाउन भने कठिन भएको उनको भनाइ छ ।