सुन्दर देखिने चाहाना सबैलाई हुन्छ । यदि तपाइँलाई आफ्नो अनुहार र त्वचा चम्किलो र नरम होस् भन्ने चाहाना छ भने यहाँ त्यसका लागि खानु पर्ने ६ खानाको चर्चा गरिएको छ ।

अनुहारमा मेकअपका विभिन्न कुरा दल्नु भन्दा सामान्य खानेकुरामा ध्यान दियो भने तपाइँको अनुहार र त्वचा नरम मात्र होइन चम्किलो पनि हुन्छ ।

 

पनिरः

पनिर छालामा चम ल्याउने खनामा पर्छ । यसमा प्रोटिन, क्याल्सियम, अन स्याचुरेटेड फ्याट, एन्टीअक्सिडेन्ट र खनिज हुन्छ । पनिरको सेवनले तपाइँको अनुहारमा चमक ल्याउँछ ।

ब्राउन राइसः

हाम्रो शरीरमा हुने सुगरको स्तर र त्वचाको स्वास्थ्य सम्बन्धित विषय हुन् । ब्राउन राइसले सही मात्रामा भिटामिन बी उपलब्ध गराउँछ । ह्वाइट राइसमा कार्वोहाइड्रेटको मात्रा बढी हुन्छ । यसमा पनि एन्टी अक्सिडेन्ट र खनिजको उच्च मात्रा हुन्छ जसले त्वचालाई नरम राख्छ ।

chees large

पानीः

 

पानी पिउनुका फाइदाबारे हामीले सुनेकै छौं । खाना भन्दा पनि स्वस्थ रहनका लागि पानीको भूमिका निक्कै महत्वपूर्ण हुन्छ । पानी प्रयाप्त मात्रामा सेवन गर्दा शरीरमा रहेका विकारहरु बाहिरिन सहज हुन्छ भने यसले त्वचालाई नरम र चम्किलो बनाउँछ ।

 

काजु बदामः

काजु तथा बदाम जस्ता खानेकुराले शरीरमा खनिजको मात्रा बढाउँछन् । यीनमा पाइने सेलेनियम र जिन्कले शरीरमा सेता रक्त कोशिकाहरु बढाउँछ । यसले शरीरको रोगसँऊ लड्न सक्ने क्षमता मात्र बढाउँदैन यसमा हुने भिटामिन इ ले त्वचालाई चम्किलो र स्वस्थ राख्छ ।

mixednut

 

लसुनः

लसुनको गन्ध त राम्रो हुँदैन तर यस्का फाइदा दर्जनौं छन् । यसले पनि त्वचामा चमक बढाउँछ । खासगरी रगतमा रहेका ब्याक्टेरिया मार्न लसुनले प्रभावकारी भूमिका खेल्छ । लसुनको नियमित सेवनले त्वचा स्वस्थ र चम्किलो हुन्छ ।

 

garlic
सेतो आलुः
सेतो आलुले शरीरमा रगतको सञ्चार प्रभावकारी बनाउँछ । यसले त्वचामा रहेको खरावीलाई पनि कम गर्छ । रगतमा सुगरको स्तरलाई नियमित गरेर त्वचामा चमक ल्याउँछ ।