ब्रिटेनमा भएको एक अध्यनका अनुसार नियमित तरिकाले टमाटरको सलाद खाने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा २० प्रतिशतले कम हुने गर्दछ ।

salad 624x351 pa

संसारभरका पुरुषहरुमा हुने क्यान्सरहरुमा प्रोस्टेट क्यान्सर दोस्रो नम्बरमा रहेको छ । ब्रिटेनमा प्रत्येक वर्ष यो क्यान्सरका ३५,००० नया रोगी फेला पर्ने गरेका छन् जसका कारण प्रत्येक वर्ष १०,००० मानिसहरु ज्यान गुमाउने गर्दछन् । क्यान्सर बिशेषज्ञहरुका अनुसार क्यान्सर रोग नियन्त्रण गर्न खानासंगै फलफुल र तरकारीको सन्तुलनमा ध्यान दिन सुझाव दिन्छन् ।  रातोमासुसंग अमिलो र नुन कम मात्रामा खान पनि बिशेषज्ञहरु सल्लाह दिने गर्दछन् ।

 

ब्रिस्टल विश्वविद्यालयको एक अध्यनकर्ता दलले ५० देखि ६९ वर्ष उमेरका २० हजार पुरुषहरुमा गरेको अध्यनमा नियमित टमाटरको स्लाद खाँदा २० प्रतिशत प्रोस्टेट क्यान्सको खतरा घट्ने निष्कर्ष निकालेका छन् । त्यस्तै प्रशस्त मात्रामा साग र फलफूल खाँदा पनि पनि २४ प्रतिशत क्यान्सरको खतरा घट्ने बताइएको छ ।

त्यस्तै प्रोस्टेट क्यान्सको जोखिममा कमी ल्याउन पिठोबाट बनेको खाद्य पर्दाथका सार्थ दुग्ध पर्दाथ खान सकिन्छ ।