रातिमा भोजन गर्नु स्वास्थ्यका लागि जति जरुरी छ त्यो भोजन कतिबेला गर्ने भन्नर् समय त्यो भन्दा बढी जरुरी छ । चिकित्सकहरुले रातिमा सुत्नु भन्दा कम्तिमा २ घण्टा अघि खान सुझाव दिन्छन् । यदि तपाइँ रातिमा ढिला खाना खानु हुन्छ भने छिटो खाना खानुका ५ फाइदा जानि राख्नुस् ।

couple having chowmin

१ यदि तपाइँले रातिमा ढिलो खानु भो भने विहानाको नास्ताको समय प्रभावित हुन्छ । शोधकर्ताहरु विहानको नास्ता समयमा नगर्ने मानिस दिनभरी बढी खाना खान्छन् जस्ले स्वास्थ्यमा असर पर्छ ।

२ रातिमा गरिने भोजनले तपाइँको शरीरलाई समय अनुसार ब्यवस्थित गर्न सघाउँछ । यदि रातिको खाना समयमा खाइएन भने ओभर डाइट र मोटोपनको शिकार हुन सकिन्छ ।

having pizza lady
३ यदि तपाइँलाई ग्यास्ट्रिक समबन्धि समस्या छ भने रातिमा ढिलो खाना खाँदा यो समस्या झनै बल्झिन्छ । खासयमा रातिमा ढिलो खाँदा खाना खाने वित्तिकै सुत्ने र त्यसले गर्दा स्वास्थ्यमा समस्या हुने हुन्छ ।

४ रातिमा ढिलो खाना खाँदा निद्रा नलाग्ने समस्या हुन्छ । तर सुत्नु भन्दा २ घण्टा अघि खाना खाँदा निद्रा समयमै लाग्ने र तनाव कम हुन सहयोग गर्छ ।

 

५ राति ढिला खानेहरुले विहाना नास्ता गर्दैनन् र दिनभरी शरीरमा उर्जाको कमी महसुस हुन्छ । रातिको खाना समयमै खाने र विहानमा नास्ता गर्नु उपयुक्त हुन्छ ।

 

६ शोधकर्ताहरुले रातिमा समयमै खाना खाँदा हृदयघात र मस्तिष्कघातको खतरा समेत कम हुन्छ ।