परस्त्री गमन गर्नु समाजमा राम्रो मानिदैन । शास्त्रमा पनि परस्त्री गमनलाई पाप भनिएको छ । गरुण पुराणमा पराइ स्त्रीममा गिद्दे दृष्टी लगाउने पुरुषलाई नरकमा घोर यातना र कष्ट भोग्नु पर्ने उल्लेख छ ।

girls watched by boy

सके सम्म परस्त्रीसँग नजिक नै नभएको राम्रो हुन्छ । यदि कसैकी श्रीमती वा प्रेमिकासँग नजिक भएपनि लुकुछिपी सम्बन्ध राख्नु हुँदैन ।

 

यस कारण गलत छ परस्त्री गमन

हामीलाई प्रकृतिले आँखा दिएको छ । यसबाट संसारका सबै चिज हेर्न सकिन्छ । तर परस्त्रीलाई आँखा लाउन चाँहि नहुने रे । आखिर किन त ?

खासमा पराइ स्त्रीलाई हेर्नुमा कुनै पाप छैन । तपाइँ मन लागेजति हेर्न सक्नु हुन्छ । यसबाट पाप लाग्ने भन्ने पनि हुँदैन । तर पाप लाग्ने कारण अलि फरक छ ।

शास्त्रमा स्त्रीलाई आमा, बहिनी र देवीकोरुपमा हेर्नु कुनै पाप नरहेको उल्लेख छ । यो रुपमा उनीहरुलाई जति हेरे पनि पाप लाग्दैन । तर पुरुषले स्त्रीहरुलाई यी रुपमा मात्र हेर्दैनन् । उनीहरुले कामूक आँखाले हेर्छन् । आफ्नो भावनामा नियन्त्रण गर्न नसक्नेहरुलाई शास्त्रमा कामबश र इन्द्रेयको दाश भनिएको छ ।

girls watched by boy 1

कविरले भनेका छन् -‘पर नारी पैनी छुरी, विरला बांचै कोय’

अर्थात पराइस्त्री छुरी जस्तै हुन्छे । कमै मान्छे यसबाट बँच्न सक्छन् । तसर्थ यिनीहरुबाट टाढै रहनु उत्तम हुन्छ । अझ अर्को कुरा परस्त्रीसँग सम्बन्ध राख्दा लुकिछिपी गरेपनि दुनियाँले चाल पाइ हाल्छ ।

कुनै पनि स्त्रीको परपुरुषसँग सम्बन्ध छ भन्ने चाल तपाइँले पाउनु भो भने उनीप्रति तपाइँको सम्मान घट्छ । अविश्वास शुरु हुन्छ । तसर्थ आफूले पनि परस्त्रीसँग सम्बन्ध राख्दै नराख्नुस् ।