१७ भदौ, काठमाडौ ।

एन्फा कप नक आउट फुटबल प्रतियोगिता अन्तरगत आज भएको उद्घाटन खेलमा  ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लव मोफसलको झापा फुटबल क्लवसँग पराजित भएको छ ।

jhapa

राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दिउँसो भएको खेलमा झापाले मनाङलाई २–१ गोल अन्तरले पराजित गरेको हो । आठ टोली सहभागि प्रतियोगिताको समूह ए मा मनाङ, झापा, थ्रिस्टार क्लव र सशस्त्र प्रहरीको एपीपएफ टिम रहेका छन् ।

यसैगरी समूह बी मा नेपाल पुलीस, त्रिभुवन आर्मी, संकटा र मोरङ फुटबल क्लव रहेका छन् । २५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता टोलीले १० लाख तथा उपविजेता टोलीले पाँच लाख रुपैया पाउने छन् । सेमीफानलमा रोकिने दुई टिमले एक एक लाख रुपैया पाउँदा उत्कृष्ट विधाका खेलाडी तथा प्रशिक्षकले पनि नगद ५० हजार पाउने छन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि पाउने एक खेलाडीले मोटरसाइकल प्रदान गरिने एन्फाले जनाएको छ ।