ऐनाको प्रयोग त हामी दैनिक जीवनमा धेरै पटक गर्छौं । आफ्नो अनुहार देखि कपडा र अन्य कुरा हेर्नका लागि पनि ऐना चाहि नै रहन्छ । पुरुषहरु कपाल मिलाउन र दाडी काट्दा ऐनाको प्रयोग गर्छन् भने महिलाको लागि त ऐना साथी नै हो । हामी ऐना सौन्दर्यसँग जोडिएर गर्छौं तर चीनमा ऐनाको प्रयोग यी काम बाहेक एक विसुद्ध फरक कामका लागिसमेत हुने गरेको छ ।

mirror luck

चीनमा ऐना भाग्य चम्काउनका लागि प्रयोग गरिन्छ । खासमा चीनमा ऐनाबाट भाग्य चम्किने बलियो विश्वास छ । यसका लागि कुनै पैसा र श्रम खर्च गर्नु पर्दैन ।

 

हाम्रो नेपालमा बास्तु विज्ञानको मान्यता रहे जस्तै चीनमा फेंगशुइ विज्ञान चलनमा छ । यो विज्ञानका अनुसार सुख र समृद्धी पाउनका लागि घरमा सकारात्मक उर्जालाई बढाउनु पर्ने विश्वास गरिन्छ । यी सकारात्मक उर्जा बढाउनकै लागि चीनमा ऐनाको प्रयोग गरिन्छ ।

mirror luck 1

फेंगशुइ विज्ञानका अनुसार घरमा ऐना राख्दा जहिले पनि पूर्व वा उत्तर दिशाको भित्तामा राख्नु पर्छ । यी २ दिशा धन वृद्धी गर्नका लागि सहायक मानिन्छन् । यी भित्तामा ऐना राख्दा घरमा धन आकर्षित हुने चिनियाँ विश्वास रहेको छ ।

mirror luck 2

ऐना राख्दा ध्यान दिनु पर्ने कुरा

सुत्ने कोठाको ढोकाको विपरित दिशामा कहिल्यै पनि ऐना राख्नु हुँदैन । यसले सकारात्मक उर्जा बाहिर पठाइदिन्छ । ऐना राख्दा पनि सिँडी, भान्सा वा शौचालय देखिने गरी राख्नु हुँदैन ।

सुत्ने कोठामा सुत्दा र उठ्ने समयमा अनुहार पर्ने ठाउँमा ऐना नराख्नुस् । यसले नकारात्मक प्रभाव बढाउँछ । तपाइँको प्रगतिमा पनि बाधक बन्न सक्छ ।

सके सम्म सुत्ने कोठामा ऐना नराख्नु नै राम्रो हुन्छ । ऐनाबाट हुने प्रतिबिम्बले स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ । यसले पति पत्नीबीच पनि समस्या आउन सक्छ ।