मानिसको स्वभाव र ब्यक्तित्व राशि अनुसार फरक फरक हुन्छ । जसको नाम अ, चू, चे, ला, ल, ली, लू, ले वा लो बाट शुरु हुन्छ उनीहरु मेष राशिका हुन्छन् । यी अक्षरबाट नाम शुरु हुने ब्यक्तिहरु आकर्षक र प्रभावशाली हुने ज्योतिषशास्त्रीको भनाइ छ । यिनीहरुले अरु ब्यक्तिलाई सहजै आकर्षित गर्न सक्छन् ।

 

men women dating
यस्तो हुन्छ मेष राशिको स्वभाव

ज्योतिषको राशि चक्रममा मेश राशि पहिलो स्थानमा पर्छ । यो राशीको चिन्ह भेडो हो । यो राशि पूर्व दिशाको प्रतिक मानिन्छ भने यस्को स्वामी मंगल हो । मेष राशि अन्तर्गत अश्विनी र भरिणी नक्षत्रका चारै चरण र कृतिका नक्षत्रको प्रथम चरण आउँछ ।

यो राशिका मानिसमा रिस र जिद्दी स्वभाव हुन्छ । यस्ता ब्यक्ति सामान्य कुरा पनि आफूले भनेको जस्तो नभए क्रोधित हुन्छन् । र झगडा गर्न कसिन्छन् । 

men women dating 1

यो राशिका मानिसलाई कसैको अधिन मन पर्दैन । उनीहरुलाई स्वतन्त्ररुपमा काम गर्न मन पर्छ ।

प्रभावशाली ब्यक्तित्व

मेष राशी अग्नि तत्व भएको राशि हो । यसकारण मेष राशिका ब्यक्तिहरु प्रभावशाली हुन्छन् । शाहसी र दृढ इच्छा शक्ति यिनीहरुको परिचायक हो ।

रोमान्टिक पनि

मेष राशिका ब्यक्तिहरु रोमान्टिक हुन्छन् । यिनीहरु हतारमा प्रेम गर्छन् र फुर्सदमा पछुताउँछन् । यिनीहरु अत्याधिक कामूक हुन्छन् । यिनीहरुमा कबित्व पनि हुन्छ जसले गर्दा विपरित लिङ्गी छिटो नजिकिन्छन् ।