रातो रंग सबैभन्दा प्रभावशाली रंग नै हो । यसले कार्यालयको काम देखि तपाइँको निजी सम्बन्धमा समेत प्रभाव पार्छ । शोधकर्ताहरुले रातो रंगले जीवनमा प्रभाव बारे अध्यन गरेर नयाँ तथ्य सार्वजनिक गरेका छन् । जीवनमा सबैभन्दा शक्तिशाली रंग रातो रहेको उनीहरुको निष्कर्ष छ । 

red color lips

शोधकर्ता डेविड रोबस्नका अनुसार रातो रंगले हरेक ठाउँमा विशेष प्रभाव राख्छ । महिलाको कामुकता देखि यौन सुःख सम्म सबैमा रातो रंगको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।

 

रातो रंगले मानिसको मुड र विचारमा समेत गहिरो प्रभाव पार्ने पाइन्छ । रातो रंगले हाम्रो शरीरमा हर्मोन सन्तुलन र खेल मैदानमा समेत प्रभावित पार्ने बताइन्छ ।

 

कुकरसहित धेरै स्तनधारी प्राणीहरु रातो रंग छुट्टाउन सक्दैनन् ।

 

पूर्वजहरुले शिकार गर्दा विकाश भएको शारीरिक परिवर्तनका कारण अहिले हाम्रो अनुहारमा रिस उठेको बेला रातो रंगको मात्रा बढ्ने अवस्था आएको बैज्ञानिकहरु बताउँछन् ।

युनिभर्सिटी अफ डरहमका मनोबैज्ञानिक रसेल हिल तथा रोबर्ट बार्टनले लामो अध्यनपछि यस्तो निष्कर्ष निकालेका हुन् ।

उनीहरुले सन् २००४ मा ओलम्पिक खेलमा सहभागी खेलाडीहरुमाथि अध्यन गर्दा रातो रंगका जर्सी लगाएका खेलाडीले जित्ने सम्भावना बढी हुने तथ्य समेत पत्ता लगाएका थिए ।

red color decoration

त्यसैगरी फुटवल खेलमा रातो रंगको जर्सी लगाएका खेलाडीहरुले पेनाल्टी सुटआउटमा गोल गर्ने सम्भावना बढी हुने अध्यनको निष्कर्ष छ ।

रातो रंग आक्रामकताको संकेत पनि मानिन्छ । अनुहार रातो हुँदा रिस वा उत्तेजना भएको बुझिन्छ ।