२५ भदौ, काठमाडौँ ।

राजधानीमा सम्पन्न एन्फा कप नकआउट फुटलको उपाधि मोफसलको झापा फुटबल क्लबले कब्जा गरेको छ ।

gn 464653267

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बुधबार दिउसो भएको फाइनल खेलमा राजधानीको संकटा फुटबल क्लबलाई ४–० गोलको लज्जास्पद हार खुवाउँदै झापा उपाधि चुम्न सपल भएको छ । यो उपाधिसँगै झापाले रनजधानीमा भएको प्रतियोगितामा पहिलोपटक उपाधि चुम्दै इतिहास रचेको छ । साथै उसले एकै महिनामा २ वटा उपाधि रक्षा गर्दै इतिहास बनाउन सफल भएको छ । यसअघि झापाले यही महिनामा भारतको सिलगुडीमा सम्पन्न विश्वेश्वर घोष नकआउट फुटबल प्रतियोगिताको उपाधि चुमेको थियो ।

 

झापाको उपाधि रक्षा गर्ने क्रममा खेलको ४३ औँ मिनेटमा नागेन्द्र लिम्बुको गोलबाट अग्रता लिएको ।  खेलमा हार बेहोरेको संकटाले भने उपविजेतामै चित्त बुझाउनु परेको छ । यो हारसंगै ३६ वर्षपछि राजधानीमा भएको खेलको उपाधि चुम्ने सपना सकिएको छ । प्रतियोगितामा उपाधि हासिल गर्ने झापाले १० लाख नगद प्राप्त गरेको छ भने संकटाले रु ५ लाख मै चित्त बुझाएको छ ।