शास्त्र एवं विभिन्न पुराणमा मानिस मरेपछि स्वर्ग वा नर्क जाने उल्लेख छ । पाप कर्म गर्ने मान्छेले नर्कमा गएर पापको फल भोग्नु पर्ने र धर्म गर्नेले स्वर्गमा गएर सुख भोग्ने शास्त्रहरुमा उल्लेख छ । स्वर्गमा सुखै सुख हुन्छ भने नर्कमा कष्ट नै कष्ट । स्वर्गमा सुन्दर अप्सरा हुने र मनोरञ्जन गर्न पाइने पुराणहरुमा उल्लेख छ । त्यसको ठिक विपरित नर्कमा जीवका आत्मालाई कठोर कठोर सजाय भोग्नु पर्ने हुन्छ । नर्कमा मानिसहरुलाई रातिको समयमा पिटिने र उस्तै पापीलाई उम्लीरहेको तेलमा हालिने समेत उल्लेख छ ।

heaven or hell

यस्ता कुरा सुनेपछि जो कसैलाई पनि मरेपछी स्वर्ग जान मन लाग्छ । तपाइँ स्वर्ग जानु हुन्छ कि नर्क गरुण पुराणमा उल्लेख कुरा पढेर थाहा पाउनुस्

गरुण पुराणका अनुसार

यस्ता ब्यक्ति नर्क जान्छन्ः
१ जो ब्यक्ति मागेर खानेलाई खाली हात फर्काउँछ त्यस्तो ब्यक्ति नर्क जान्छ ।
२ अनाथ गरिव रोगी वा आवश्यक परेकाहरुलाई सहयोग नगर्ने पनि नर्क जान्छन् र विभिन्न सजायँ भोग्छन् ।
३ आत्महत्या गर्ने र महिला हत्या गर्ने तथा गर्भ तुहाउने समेत नर्क जान्छन् । झुठो साक्षी बस्ने र चेलीबेटी बेच्ने पनि नर्क जान्छन् ।

४ अरुको सम्पति बलजफती आफ्नो बनाउने सिधै नर्क जान्छन् र कठोर सजाय भोग्छन् ।
५ पत्नि, नोकर तथा पाहुनालाई नदिएर एक्लै खाने ब्यक्ति पनि नर्क जान्छ ।
६ अरुका राम्रा गुण नदेख्ने र इर्श्या गर्नेलाई पनि नर्कको भिसा मिल्छ ।

७ पर पुरुषसँग रतिराग गर्ने स्त्री पनि नर्क जान्छे र कठोर सजाय भोग्छे ।

 

heaven or hell 1
यस्ता ब्यक्ति स्वर्ग जान्छन्ः

१ परस्त्रीलाई एकान्तमा भेटे पनि कुनै दुर्व्यवहार नगर्ने र आमा वा बहिनी जत्तिकै सम्मान गर्ने पुरुष स्वर्ग जान्छन् ।
२ आफ्ना इन्द्रियहरु बसमा गर्न सक्ने अनुशासित ब्यक्ति पनि स्वर्ग जान्छ्न ।
३ पानीका लागि सार्वजनिक ट्याङ्की बनाउने वा तलाउ खन्ने र आश्रम वा धार्मिकस्थल निर्माण गर्नेहरु स्वर्ग जान्छन् ।
४ शत्रुलाई समेत गुणका आधारमा प्रशंसा गर्न सक्ने ब्यक्ति स्वर्ग जान्छन् ।
५ आफ्नो कमाइ गरेर खाने र अरुको कमाइमा लोभ नगर्नेहरु पनि स्वर्ग जान्छन् ।

 

heaven or hell 2