स्वप्न दोष भन्ने वित्तिकै पुरुषहरुले आफूहरुलाई मात्र हुने होला भन्ने ठान्छन् । तर यो समस्या महिलाहरुलाई पनि हुने नयाँ तथ्य बाहिर आएको छ ।

निधाइरहेको समयमा स्खलित हुने समस्यालाई एक प्रकारको रोग नै मानिनंछ । यस्तो समस्या पुरुषलाई मात्र नभएर महिलाहरुलाई पनि हुने एक अध्यनले पत्ता लगाएको हो ।

woman sleeping

यौन क्रियाकलाप सम्बन्धी सपना देखेपछि स्खलित हुने समस्या पुरुष र महिला दुवैमा हुने अध्यनमा संलग्न शोधकर्ताहरुको भनाइ छ ।

अमेरिकी डाक्टर अल्फ्रेड किन्स्लले ६ हजार महिलाहरुमाथि अध्यन गरेका थिए । उनीहरु मध्ये ३७ प्रतिशत महिलाले ४५ वर्षको उमेरसम्म स्वप्नदोष हुने बताएका थिए ।

 

सपनामा यौन सम्बन्धि गतिविधी देखेपछि स्वप्नदोष हुने र यौन सम्बन्ध राख्दा भन्दा पनि बढी सन्तुष्टी मिल्ने समेत उनीहरुले खुलासा गरेका हुन् ।

 

सन् १९८६ मा गरिएको अध्यनमा भने निक्कै कम महिलामा स्वप्न दोष हुने र उमेर पनि कम हुँदा यस्तो समस्या हुने तथ्य बाहिर आएको थियो ।

woman sleeping 1

नेदरल्याण्डको आम्स्टर्डम विश्वविद्यालयका मनोबैज्ञानिकहरुले महिलाहरुलाई सपनामै अर्गाज्म अर्थात चरम सन्तुष्टि हुने गरेको तथ्य बाहिर ल्याएका थिए ।