जीवनमा सम्बन्धहरु जोडिने र छुट्टिने क्रमहरु चलिनै रहन्छन् । तर केही सम्बन्धहरु स्थायी हुन जरुरी छ । जस्तै बैबाहिक सम्बन्ध वा प्रेम सम्बन्ध । तर यस्ता सम्बन्धहरु पनि कतिपय अवस्थामा विनाकारण टुक्रिन पुग्छन् । यहाँ सम्बन्ध टुट्ने केही बिशिष्ठ कारणको चर्चा गरिएको छ ।

man woman relation
सम्बन्धमा गर्नै पर्ने र गर्नै नहुने केही कुराहरु हुन्छन् यसबारे विचार गर्न सकिएन भने सम्बन्ध टुट्ने प्रवल सम्भावना हुन्छ ।

हरेक कुरामा नकारात्मक टिप्पणीः

कुनै पनि मानिस पूर्ण हुँदैन । हरेक मान्छेका केही न केही कमजोरी हुन्छन् नै । यदि तपाइँले पार्टनरका हरेक ब्यवहारमा नकारात्मक टिप्पणी गर्न थाल्नु भो वा उताबाट यस्ता टिप्पणी हुन थालेभने बुझ्नुस् सम्बन्ध धरापमा छ । कसैले पनि हरेक कुरामा नकारात्मक टिप्पणी सुन्न चाँहदैन । यो भएन त्यो भएन । बोलेको मिलेन लगाएको मिलेन जस्ता टिप्पणी निरन्तर हुन थालेपछि यसले सम्बन्धलाई धरापमा पार्छ ।

आफ्नो मात्र कुराः

तपाइँले कुराकानीका क्रममा हरेक पटक आफ्नो मात्र कुरलाई बढी ध्यान दिनु भो भने सम्बन्धमा समस्या आउँछ । कुराकानी वा ब्यवहार गर्दा अरुका कुरालाई पनि महत्व दिनुस् । मेरै जागिर । मेरै कपडा । मेरै सबथोकको विषयमा कुरा गर्नु भो भने तपाइँको पार्टनरलाई दिक्क लाग्छ । अरुले सहयोग माग्दा पनि आफ्नै कुरा आफूले सहयोग माग्नु परे पनि आफ्नै कुरा गर्ने बानीले सम्बन्धलाई धरापमा पार्छ ।

अलमल वा हतारः

आफ्नो पार्टनरलाई परिवार वा अरुसँग चिनाउन हतार वा ढिलो गर्दा पनि सम्बन्ध धरापमा पर्न सक्छ । विस्तारै आफूले बुझेपछि सम्बन्धलाई सामाजिकीकरण गर्नु उत्तम हुन्छ । हतारमा साथीभाइलाई प्रेमी वा प्रेमिका भन्दै चिनाउँदा वा परिवारलाई भन्दा पनि समस्या आउन सक्छ साह्रै ढिलो सम्म सम्बन्धलाई गोप्य राख्दा पनि नकारात्मक असर पर्न सक्छ । हतार गर्दा सम्बन्ध टुटेमा समस्या आउँछ भने ढिलो गर्दा कतै धोका हुने त होइन भनेर एक अर्कामा आशंका बढ्छ ।

indian-man-woman

सुन्दरताको घमण्डः

सुन्दरताको घमण्डले पनि सम्बन्ध धरापमा पार्न सक्छ । जति सुकै सुन्दर भएपनि पार्टनरसँग सुन्दरताको घमण्ड नगर्नुस् । आफ्नो सुन्दरता प्रदर्शन गर्न हतार पनि नगर्नुस् । मातिने वा छिल्लिने गर्न पनि समय कुर्नुस् नयाँ सम्बन्धमा यस्ता कुराले नकारात्क असर पार्न सक्छ ।

अविश्वासः

अविश्वासले सम्बन्धलाई धरापमा पार्छ । कुनै पनि स्वस्थ सम्बन्धमा प्रेमको साथमा विश्वास पनि जरुरी छ । आफूलाई असुरक्षित महसुस गर्ने र पार्टनरलाई अविश्वास गर्ने ब्यवहार देखाउनु भो भने यसले राम्रो गर्दैन । हरेक कुरामा अविश्वास बढ्नु भनेको सम्बन्ध टुट्ने संकेत मात्र हो ।

गुनाशोः
हरेक कुरामा गुनाशो मात्र पार्टनरलाई नसुनाउनुस् । जागिरमा हाकिमले दुख दिएको वा आमा बुबाले आफुले भनेको नमान्ने जस्ता कुरा मात्र सुनाउँदा सम्बन्धमा दिक्कपना बढ्छ । तपाइँले आफ्ना सकारात्मक सोंच र उर्जाका कुरा बाँड्नु भो भने सम्बन्धमा पनि त्यसको प्रभाव देखिन्छ ।