आजकल मानिसहरु धेरै जसो तनावमा हुन्छन् । तर अधिकाँशलाई तनाव हुनुको कारण थाहा हुँदैन । उनीहरु रन्थनिन्छन् मात्र । खासमा हाम्रो घरमा रहेको बास्तु ब्यवस्थापनले हाम्रो जीवनमा ठूलो महत्व राख्छ ।

बास्तु नमिलेको घरमा सदस्यहरुलाई अनेक समस्या हुने र बैबाहिक सम्बन्धहरुमा पनि समस्या आउने बास्तु शास्त्रीको दावी छ ।

bed near window

सुत्ने ओच्छ्यान झ्याल नजिक नराख्नुस्

 

बास्तु शास्त्र अनुसार सुत्ने ओच्छ्यान झ्यालको नजिक हुँदा यसको असर नकारात्मक हुन्छ । यसो गर्दा परिवारका सदस्य र पति पत्नीबीच तनाव आउने र विभिन्न झन्झटमा पर्ने हुन्छ ।

bed near window 1

खासगरी पति पत्नि सुत्ने ओच्छ्यान झ्यालको नजिक हुनै हुँदैन । झ्याल नजिक सुत्ने ओच्छ्यान राख्दा नकारात्मक उर्जा जम्मा हुने र यसले सम्बन्धमा तनाव ल्याउने र आपसी असहयोगको प्रवृत्ति बढ्ने बास्त शास्त्रको दावी छ ।

 

झ्यालको नजिकै ओच्छ्याउन लाउनै पर्ने भएमा तपाइँको शिरानी र झ्यालकोबीच पर्दा हाल्नुस् । यसो गर्दा नकारात्मक उर्जाबाट बँच्न सकिन्छ ।

bed near window 2

घरको दक्षिण पश्चिम भाग आपसी सम्बन्धका लागि सक्रिय क्षेत्र मानिन्छ । यसै कारण यो भागमा जे काम गर्दा पनि सकारात्मक उर्जाका कारण राम्रो हुने विश्वास गरिन्छ ।

एउटै पलङमा २ ओच्छ्यान राख्नु हुँदैन

एउटै पलङमा २ फरक फरक ओच्छ्यान पनि लगाउनु हुँदैन । यसले नकारात्मक उर्जा पैदा गर्छ । नव दम्पतिका लागि ओच्छ्यान र ओड्ने नयाँ हुनु शुभ मानिन्छ ।

प्रयोग गरेको र कतै प्वाल बनेको च्यादर प्रयोग नगरेकै राम्रो हुन्छ नवदम्पतिले ।

ओच्छ्यान भएको कोठामा टिभी, रेफ्रिजरेटर या कम्प्यूटर आदि राख्नु हुँदैन । राख्नै परे ढाकेर राख्नु पर्छ ।