मानिसले सपना देख्नु सामान्य मानिन्छ ।

dream-sex

सपनामा मानिसले विभिन्न कुराहरु देख्ने गर्छ । त्यसैले सपनामा कोहीसँग सम्भोग गरेको देख्नुलाई सामान्य रुपमा लिइन्छ । हामी धेरैले यसलाई हल्का रुपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने बारेमा चासो दिँदैनौँ । तर यौनविज्ञहरुले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरुसँगको यौन सम्बन्ध र उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् । बैज्ञानिकहरुले एक अग्रेजी पत्रिकामा छापेको रिर्पोटका अनुसार कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण यी हुन सक्छन् ।

यदि आफ्नो पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखेमा

यदि तपाइँले सपनामा आफ्नो पति वा प्रेमीको साथ सम्भोग गरेको देख्नुभयो भने यसका दुइ अर्थ हुनसक्छन् । या त तपाइँको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ , या त तपाइँले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहनुभएको छैन जो चाहिरहनुभएको छ । यदि कसैले यस्तो सपना देखेमा आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गर्नुस् र कारण पहिल्याएर समाधानतिर लाग्नुस् ।

आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको देखेमा

यदि तपाइँ आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको अर्थ हुनसक्छ पूरानो ब्वाइफ्रेन्डसँग तपाइँको सेक्स लाइफ निकै राम्रो थियो । तपाइँले देखावटी रुपमा अहिलेको प्रेमीलाई मन पराउनुहुन्छ तरपनि अचेतन मनमा पूरानो प्रेमीले नै लोभ्याइरहेको छ भने तपाइँले ऊ सँग सम्भोग गरेको सपना देख्नुहुन्छ । यस्ता सपनाबाट तपाइँ आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाउनुभएन वा नयाँ प्रेमीसँग पनि खटपट हुनथाल्यो भन्ने प्रष्ट हुन्छ ।

कुनै चर्चित नायक सँग सम्भोग गरेको सपना देखेमा

यदि तपाइँले कुनै चर्चित हिरोसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको मतलब हो तपाइँले आफ्नो प्रेमी वा पतिमा अरु केही कुरा खोजिरहनुभएको छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहनुहुन्छ भने तपाइँ यस्ता सपना देख्नुहुनेछ ।

कुनै महिलासँगै सम्भोग गरेको सपना देखेमा

यदि तपाइँ कुनै महिलासँग सम्भोग गरेको सपना देख्नुभयो भने यसले तपाइँको मनोविज्ञान र शारिरिक अवस्थाको बारेमा पनि गहिरो अर्थ राख्छ । यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् कि तपाइँको यौन पार्टनर पुरुष मात्र हो भन्ने सोचाइ गलत हो । सपना बारम्बार देखियो भने र वास्तविक जिवनमा पनि तपाइँ कुनै स्त्रीसँगै यौन क्रियाकलापका लागि आकषिर्त हुनुभयो भने तपाइँले आफ्नो यौन चरित्र वा प्राथमिकता र यौनिकताको बारेमै पुनर्विचार गर्नुपर्छ । कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने यसको अर्थ यो पनि हुनसक्छ ती महिलाले आफ्नो प्रेमी वा पतिले आफुलाई बढि ख्याल गरोस् भन्ने चाहन्छिन् ।

प्रेमीसँग बिछोड भएको सपना देखेमा

प्रेमीसँगको विछोड भएको सपना देख्नुभयो भने यसको अर्थ हो की तपाइँले आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढि समय चाहनुभएको छ र त्यो पाइरहनुभएको छैन । सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चिन्तित रहेको बेलामा पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञहरु बताउँछन् ।