सम्बन्धमा एक अर्कालाई समय दिनु र एक अर्काका कुरा सुन्नु निक्कै महत्वपूर्ण मानिन्छ । यसै कारण प्रेमिल सम्बन्धमा सबैभन्दा जरुरी हुन्छ रोमान्स । कतिपय जोडीहरुले हात एक अर्काको हात समाउनु देखावटी मात्र हो कि जस्तो ठान्छन् । तर एक अर्कोको हात समाउँदा सम्बन्धमा धेरै नै सकारात्मक प्रभाव पार्छन् । हुन त हात समाउने कुरा समान्य लाग्छ । हात समाउँदा हुने ७ फाइदाबारे यहाँ चर्चा गरिएको छ ।

 

१ तनाव कम हुन्छ

काममा भैरहेको बोझ तनाव र अफिसको तनावबाट ग्रस्त भैरहेको समयमा एक आपसमा सम्हाल्नु कठिन हुन्छ । यस्तो समयमा केही समय निकालेर प्रेमी वा प्रेमिकासँग कतै निस्कनु र हात समाउँदा तनाव कम हुन्छ । यस्तो समयमा एक अर्काको हात समाउँदा अनुहारमा मुस्कान आउँछ त्यति मात्र होइन यस्ले बोझ नै कम गरेको जस्तो हुन्छ ।

 

२ समानताको अनुभव

हात समातेर हिँड्दा जोडीमा समानताको अनुभव हुन्छ । यसले सम्बन्धमा गहिरो आत्मीयता र सम्मान समेत जनाउँछ । हात समात्दा एक अर्काको भावना बुझ्न र बुझाउन सकिने अनुभव समेत हुन्छ ।

holding hands

३ सम्बन्धमा गहनता

एक अर्काको समात्दा जोडीमा एक अर्काप्रति सम्बन्ध गहिरो हुँदै जान्छ । यसले सम्बन्धलाई मजबुद पनि बनाउँछ । एक अर्काको हात समात्दा शरीरबाट अक्सिटोसिन नामको अर्मोन पैदा हुन्छ यसले सम्बन्धलाई थप सुद्धृढ पार्छ ।

 

४ स्वस्थ बनाउँछ

एक अर्काको हात समात्दा शरीरमा पैदा हुने अक्सिटोसन नामक हर्मोनले आपसी सम्बन्ध बलियो पार्ने मात्र होइन स्वस्थ पनि बनाउँछ । यसले मुटुमा हुने समस्याबाट समेत जोगाउँछ ।

holding hands 1

५ समर्पण भाव

एक अर्काको हात समात्दा जोडीमा एक अर्काप्रति समर्पित भएको महसुस हुन्छ । जसले बढी हात समात्छ उसको सम्बन्धमा त्यति नै बढी समर्पणको भाव हुन्छ । यसो गर्दा एक अर्काको साथ पनि बढि महसुस हुन्छ ।

 

६ सुरक्षाको अनुभूति
सम्बन्धमा सुरक्षित महसुस गर्नु निक्कै जरुरी छ । पुरुष वा महिला दुवैलाई सुरक्षाको अनुभव भयो भनेमात्र त्यस्तो सम्बन्ध दिगो हुन्छ । पार्टनरले हात समाउँदा मानिसहरु ढुक्क महसुस गर्छन् । दुख र दर्द पनि कम हुन्छ ।

holding hands 2
७ खुसी बढाउँछ

पार्टनरको हात समात्दा एक अर्कामा खुसीको सञ्चार हुन्छ । यसले एक अर्काप्रति प्रतिबद्धता र समर्पणका साथमा खुसी बढाउँछ । सम्बन्ध दिगो राख्न पार्टनरको हात समात्न नभुल्नुस् ।