कतिपय मानिसको जीवन विवाह पछि र विवाह अघि निक्कै फरक हुन्छ । केहीको विवाह पछि जीवन निरश हुन्छ भने केहीको भने निक्कै सुखद् ।

 यदि तपाइँको नामको पहिलो अक्षर ही, हू, हे, हो, डा, डी, डू, डे वा डो छ भने तपाइँको राशि कर्कट हो । यो राशिका मानिसको भाग्य विवाह पछि चम्किने ज्योतिष शास्त्रको दावी छ ।

luck after marriage

ज्योतिष शास्त्र अनुसार कर्कट राशि हुने व्यक्ति सम्बन्ध प्रति ईमानदार हुन्छन् भने जिम्मेवार र कर्तब्यनिष्ट पनि ।

यिनीहरुको जीवनमा विवाहको विषयमा बाबुआमाले हस्तक्षेप गर्छन् जुन कुरा मन पर्दैन । तर विवाह पछि भने यिनीहरु निक्कै सुखी हुन्छन् । केही अपवाद छोडेर कर्कट राशिका मानिसको भाग्योदय विवाह पछि नै हुन्छ ।

विवाह पछि भाग्य र परिवर्तन

कर्कट राशिका मानिसको जीवनमा बिवाहले ठूलो परिवर्तन ल्याउँछ । यिनीहरुको भाग्य नै विवाह पछि खुल्ने ज्योतिष शास्त्रीहरुको दावी छ । विवाह पछि यनीहरुले गरेका हरेक जसो काम सफल हुन्छन् । तर यो राशिका ब्यक्तिहरुमा निर्णय परिवर्तन गरिरहने बानि हुन्छ ।

यो राशिका ब्यक्तिहरु परिश्रमी र इमान्दार हुन्छन् । तर स्वास्थ्यमा भने बच्चाबेला देखि नै समस्या हुन्छ ।