lasun

आजभोलि लसुन हरेक भान्सामा प्रयोग भइरहेको हुन्छ । यसले तरकारी स्वादिष्ट बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । त्यति मात्रै होइन, यो स्वास्थ्यका दृष्टिकोणले पनि निकै लाभदायक छ । यसमा लाभदायक सल्फर हुन्छ । त्यस्तै, एन्टिब्याक्टेरियल, एन्टिभाइरल, एन्टिफंगल र एन्टिअक्सिडेन्ट पाइन्छ । यो सेलेनियमको राम्रो स्रोत पनि हो । यसले पाचन प्रणालीलाई राम्रो बनाउँछ । यसका केही औषधीय गुण :

 दाँतको दुखाइमा : लसुनले दाँतमा हुने दुखाइ कम गर्छ । दाँत दुख्दा लसुन पिसेर दाँतमा राख्दा निको हुन्छ । यसमा भएको एन्टिब्याक्टेरिलय तत्त्वले दाँतमा सीधा प्रभाव पर्छ ।


छालाको इन्फेक्सन : लसुनमा पाइने रसायनले छालामा हुने फंगल इन्फेक्सन, दाद, चिलाउने रोगजस्ता रोग ठीक गर्छ । त्यस्तै, लसुनको सेवनले छाला सफा रहन्छ ।


रक्तचाप : रक्तचाप बढाउने एन्जियोटेन्सिनको गतिविधिलाई लसुनमा पाइने रसायनले रोक्छ । जसले रक्तचाप सन्तुलन कायम गर्न सहयोग गर्छ । लसुनमा पाइने पोलिसल्फाइड हुन्छ, जुन शरीरमा पुगेपछि सल्फाइडमा बदलिन्छ । जसले रातो रक्तकोष वृद्धि गराउँछ । यसले रक्तचाप सन्तुलनमा राख्छ ।


मुटु रोग : लसुनले मुटुका लागि लाभदायक हुन्छ । यसले हृदयघातजस्ता रोगको सम्भावना कम गर्छ । यसमा रहेको सल्फर कम्पाउन्डले रक्तवाहिनी नलीलाई बलियो बनाउँछ ।


कोलेस्ट्रोल नियन्त्रण  : लसुनमा कोलेस्ट्रोल कम गर्ने गुण हुन्छ । यसले हाम्रो शरीरमा ट्राइग्लिसराइड्सको मात्रा व्यवस्थित गर्न सघाउँछ । यसले कोलेस्ट्रोल कम गर्छ ।


एलर्जी : लसुनमा पाइने एन्टिइन्फ्लामेटरी प्रोपर्टीले शरीरको एलर्जी हटाउँछ ।


डाइबिटिज : लहसुनले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ । यसले रगतमा सुगरको लेभल सन्तुलन गर्न मद्दत गर्छ ।