अधिकाँश जोडीलाई अवलोकन गर्दा उनीहरुबीचमा उमेरको अन्तर हुन्छ । र पुरुषको उमेर महिलाको भन्दा बढी नै हुन्छ ।

 

उमेरको अन्तर हुने सम्बन्धलाई सबै सुमधुर र कायम राख्नका लागि बढी उमेर हुने ब्यक्तिले जहिले पनि विभिन्न कुरामा ध्यान दिनु पर्ने हुन्छ । यहाँ पुरुषले आफू भन्दा कम उमेरकी स्त्रीसँगको सम्बन्धमा ध्यान पुर्‍याउनु पर्ने कुराको चर्चा गरिएको छ ।

young woman

१ बराबरीको हैसियत

अधिकाँश जोडीमा पुरुषले स्त्रीलाई मार्ग निर्देश गर्ने र जीवनका हरेक पाटामा पुरुषले भनेका कुरा लागु हुने समस्या हुन्छ । तर दिगो सम्बन्ध बनाउका लागि आफू भन्दा कम उमेरकी भएपनि आफ्नी स्त्रीलाई आफ्नै हाराहारी मानेर ब्यवहार गर्‍यो भने मात्र सम्बन्ध सुमधुर हुन सक्छ । यसले आत्म सम्मान दिन्छ भने परिवारमा माया पनि बढ्छ ।

२ खर्चको विषयमा किचकिच

अधिकाँश परिवार वा सम्बन्धमा पुरुषहरु स्त्रीले गर्ने खर्चको विषयलाई लिएर किचकिच गर्छन् । यसमा खर्च गर्नु हुन्छ यस्मा गर्नु हुँदैन भनेर भनिरहने पुरुषको बानी हुन्छ । यसो गर्दा स्त्रीलाई पुरुषप्रति नकारात्मक भावना आउने हुन सक्छ । खर्चको विषयमा पनि रचनात्मक ढंगले सम्झाउनु मात्र बुद्धीमानी हुन्छ ।

३ विगतका सम्बन्ध

अधिकाँश पुरुष आफ्ना विगतका सम्बन्धहरु स्त्रीसँग लुकाउँछन् । खासगरी त्यस्ता सम्बन्धको विषयमा खुलासा गर्दा सम्बन्धमा समस्या आउन सक्ने उनीहरुको सोंचाइ हुन्छ । तर खासमा यदि तपाइँ कुनै तिक्तापूर्ण सम्बन्धबाट गुज्रिसक्नु भएको छ वा तपाइँको प्रेमिकासँग ब्रेकअप भएर यो सम्बन्ध शुरु भएको हो भने पनि यसबारे सबै भन्नु बुद्धीमानी हुन्छ किन भने पुराना सम्बन्धले नयाँ सम्बन्ध सुमधुर राख्न पाठ दिन्छन् ।

४ हस्तक्षेप

अधिकाँश सम्बन्धमा पुरुषहरु महिलाका ब्यवहार नियन्त्रण गर्छन् । महिलाहरुका ब्यवहारमा हस्तक्षेप गर्नु पुरुषलाई सामान्य लाग्छ । आफू भन्दा कम उमेरकी स्त्रीलाई तपाइँलाई भन्दा बढी स्वतन्त्रता चाहिन्छ भन्ने कुरा बुझ्न जरुरी रहेको विशेषज्ञहरु बताउँछन् ।

young woman 1

५ समाधान खोज्नुस्

कम उमेरकी स्त्रीसँगको सम्बन्धका क्रममा धेरै पटक उतार चढाव आउन सक्छन् । कहिले काँही झगडा नै पनि पर्न सक्छ । तर यस्तो अवस्थामा पाको मान्छे पनि झगडातिर नै लाग्यो भने परिवार वा सम्बन्ध धरापमा पर्छ । आफू भन्दा कम उमेरकी स्त्रीसँग झगडा हुँदा सँधै समाधानमुखी बन्नुस् नकि समस्यामुखी ।