मानिसको शरीरमा विभिन्न पौष्टिक तत्वहरुको आवश्यकता रहेको हुन्छ । खानेकुराहरुमा कुनै कुरा शरीरका लागि बढी फाइदाजनक हुन्छ कुनै कम । हामी खाने कुरा मध्ये अदुवा पनि एक हो । अदुवा एक आर्युवेदिक औषधि मानिन्छ । चिकित्सकहरुका अनुसार अदुवाले विभिन्न औषधीय काम गर्छ ।

aduwa

१.  मानिसले अदुवा दैनिक जसो खाँदा शरीरमा रोग प्रतिरोधत्मक क्षमता बढाउने गर्छ ।

२.  अदुवाले खानामा प्रयोग गरेर खाँदा स्वादिष्ट  हुन्छ ।

 

३. चिसो याममा अदुवा सेवन गर्दा शरीरमा गर्मी हुने गर्छ त्यसैले चिसोबेला यसको सेवन गर्दा बिभिन्न चिसोका रोगहरुबाट बच्न सकिन्छ ।

 

४. रुघाखोकी लागेको बेला  अदुवाको रस खानाले खोकी निकाे हुने गर्छ ।

 

५. गर्भअवस्थाको सुरुसुरुमा पनि महिलालाई वाकवाकी लाग्ने समयमा अदुवा खाँदा समस्याबाट मुक्ति पाउन चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।

 

६ धेरै मानिसहरु बस अथवा प्लेन चढ्दा वाकवाक गर्ने गर्छन यस्तो बेला पनि अदुवा खाँदा वाकवाक  कम हुने गर्छ ।

 

७. अदुवाले खानेकुरा पचाउने काम समेत गर्छ । अपच भएको बेला अदुवाका साना साना टुक्रा बिरे नुन सँग मिलाएर खाँदा अपच ठिक हुने गर्छ ।

 

८. नियमित रुपमा अदुवा सेवन गर्दा  शरीरमा बढी भएको कोलेस्टेरोल नामक बोसो घटाउन मदत गर्छ जसका कारण मुटुको रोगबाट समेत बच्न सकिने चिकित्सकहरुले बताएका छन् ।