७ असोज, काठमाडौं । 

नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले अनसनकै क्रममा सोमबार निधन भएका नन्दप्रसाद अधिकारी र उनकी पत्नि गंगामाया अधिकारीको न्याय माग्ने तरिका गलत भएको टिप्पणी गरेका छन् ।

ananda dhungana

मगंलबार भक्तपुरमा आयोजित अन्तरक्रियामा नेता ढुंगानाले कानुन र विधिको विश्वास नगरी आफुलाई प्रताडित गरेकाले नै अधिकारीको निधन भएको बताए ।

अधिकारीको निधन दुःखद भए पनि न्याय माग्ने अधिकारीको तरिका गलत भएको ढुंगानाको भनाइ थियो । अर्को प्रसंगमा नेता ढुंगानाले एमाओवादीले सयंन्त्रको संयोजक बन्ने अडान राखेर ससंद अवरुद्ध गर्नु केटाकेटीपना भएको पनि बताए ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिपक्षी दलको नेता महत्वपुर्ण पद र जिम्मेवारी हो भन्ने विर्सिएको टिप्पणी गरे ।