समाजमा अधिकांश युवा युवतीले विवाह गर्छन् । नवविवाहित दम्पतीले आफ्नो वैवाहिक जीवनलाई सुखमय बनाउन चाहन्छन् ।

couple

त्यसैले वास्तुशास्त्र अनुसार दाम्पत्य जीवन सुखमय बनाउनका  लागि नव दम्पत्तिले आफ्नो सुत्नेकोठामा यी कुरा सधैँ ख्याल गर्नुपर्छ ।

१.  नवदम्पतिको सुत्नेकोठा पश्चिम दिशातिर हुनु राम्रो मानिन्छ यदि त्यो सम्भव नभए दक्षिण वा पश्चिम दिशामा पनि व्यवस्था गर्न सकिन्छ । तर पुर्वी दिशामा भने नराम्रो मानिनछ किनभने वास्तुशास्त्र अनुसार यो दिशामा जलतत्वको प्रमुखता हुन्छ ।

 

२. नवदम्पतिले सुत्दा कहिले पनि उत्तर दिशातर्फ सिरानी हुनुहुँदैन अरु ३ दिशामा भने सिरानी बनाउदा राम्रो हुन्छ ।

 

३. नवदम्पतिले आफ्नो सुत्नेकोठाको भित्ताको रंग हल्का गुलाबी, हल्का पहेँलो, प्याजी,रातो एवं सुन्तलारंगको प्रयोग उचित हुन्छ । तर कालो, गाढा खैरो रंग प्रयोग गर्नुहुँदैन ।

 

४. नवदम्पतिको सुत्ने कोठको सजावटमा उदाउँदो सूर्य, बगैंचा, फूल, खेलिरहेका बालबालिका आदिको पोस्टर उपयुक्त राख्दा राम्रो हुने वास्तु शासत्रले बताउँछ । र ती तस्बिरलाई कोठाको दक्षिण दिशाको भित्तामा सजाउनुपर्छ । यसबाट आपसी प्रेम, सद्भावना र एक अर्काप्रति उत्तरदायित्वको भावनामा बृद्धि हुन्छ ।  

 

५. वास्तुशास्त्र अनुसार नवदम्पतिको कोठामा हल्का फनिर्चर प्रयोग गर्नुपर्छ ।

 

६. नवदम्पतिको सुत्ने ओछ्यान सामु ऐना राख्नुहुदैन,यसबाट दाम्पत्य जीवनमा समस्या आउने सम्भावना रहन्छ । यदि बेडरुममा ऐनाको आवश्यकता भए त्यसलाई सधै पूर्व वा उत्तर दिशाको भित्तामा राख्नुपर्छ । यदि कुनै कारणल अगाडि नै ड्रेसिङ टेबल परे सुत्नुपूर्व ड्रेसिङ टेबलको ऐना छोपिदिनु उचित हुन्छ ।