शरीरका विभिन्न भागका बनौट र त्यहाँ रहेका रेखाका आधारमा मानिसको भाग्य र स्वभाव बताउन सकिने बताउँछ । हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्वपूर्ण हुने यो शास्त्रको भनाइ छ ।

foot sign luck 1

यहाँ समुन्द्र शास्त्र अनुसार खुट्टामा हुने चिन्हको अर्थबारे चर्चा गरिएको छ ।

समुन्द्र शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथिमा माथितिर गएको रेखा छ भने यस्ता ब्यक्ति भोगी र विलाशी हुन्छन् । यस्त ब्यक्ति समाजमा प्रतिष्ठित पनि हुन्छन् । यिनीहरु भाग्यमानी हुन्छन् र धनी पनि ।

त्यस्तै समुन्द्र शास्त्रका अनुसार कुनै ब्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता ब्यक्ति धनी हु्न्छन् । यिनीहरुलाई कमाउनका लागि मेहनत गर्नु पर्दैन ।

foot sign luck
जसको पैतालमा त्रुशुलको चिन्ह छ त्यस्ता ब्यक्ति निक्कै भाग्यशाली हुन्छन् । सरकारी जागिर वा उच्च पद प्राप्त हुने ब्यक्तिको पैतलामा यस्तो चिन्ह हुन्छ ।

जस्को पैतालामा बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह हुन्छ त्यस्ता ब्यक्ति महापुरुष हुन्छन् । यस्ता ब्यक्तिलाई विश्वले चिन्छ ।

जसको पैतालामा मध्य भागमा अर्धचन्द्राकर रेखा छ त्यस्ता धनी भएपनि धनको मतलव नगर्ने हुन्छन् ।

foot sign luck 2

पैतालामा अंग्रेजी अक्षर T जस्तो आकृति छ भने त्यस्ता ब्यक्ति भाग्यशाली हुन्छन् । यस्ता ब्यक्तिले ब्यापारमा निक्कै सफलता पाउँछन् ।