मानिसहरु जागिर जोगाउन अनेक तिकडम गर्छन् । बोससँग चापलुसी गर्ने देखि रोमान्स गर्न तयार हुने सम्मका ब्यवहार देखाउँछन् जागिरेहरु ।

तर अफिसमा जे मन लाग्यो त्यही गर्दा जागिर मात्र होइन प्रतिष्ठा समेत गुम्ने खतरा हुन्छ । यहाँ अफिसमा गर्नै नहुने ८ कामबारे चर्चा गरिएको छ ।

never to do things in office final

रोमान्स

साथी वा प्रेमी प्रेमिका सहज उपलब्ध भयो भन्दैमा अफिस भित्रै रोमान्स गर्नु हुँदैन । यसले तपाइँको जागिर त धरापमा पार्छ पार्छ इज्जत र प्रतिष्ठा समेत धरापमा पर्न सक्छ । अझ तपाइँका गतिबिधी सिसीटिभी क्यामेरामा कैद भएमा त्यसको असर के हुन्छ आफै कल्पना गर्नुस् ।

never to do things in office

 

नाकमा औंलो

कतिपय ब्यक्ति नाक कोट्याउने वा नाकमा औंलो हालेको हाल्यै गर्ने बानीका हुन्छन् । तर यो स्वास्थ्याका लागि त घातक छ नै तपाइको ब्यक्तित्वका लागि पनि घातक छ । यसो गर्दा अफिसमा तपाइँलाई देखेर तपाइँकै साथीले घिन मान्ने खतरा हुन्छ ।

 

बोससँग नखरा

कतिपय केटीहरुले जागिरमा रहिरन र तलव बढाउन आफू भन्दा माथिका हाकिम वा बोससँग नखरा देखाउने गर्छन् । तर यस्तो ब्यवहार तपाइँको ब्यक्तित्वका लागि घातक हुन सक्छ । सके सम्म अफिसका सहकर्मी वा सिनियरसँग एकदमै बढी निकट नहुनु नै राम्रो हो ।

 

never to do things in office 6

जुनियरलाई हेप्ने

कतिपय ब्यक्तिको बानी अफिसमा आफू भन्दा माथिकासँग लम्पसार पर्ने तर आफू भन्दा तलकाहरुसँग भने धाक देखाउने हुन्छ । तर यस्तो बानी घातक हुन्छ । कार्यलयाको काम वा अन्य कुरा बारे जानकारी दिँदा पनि जुनियर भनेर हेप्ने प्रवृत्ति कहिल्यै नदेखाउनुस् ।

फोन

कार्यालयमा काम गर्दा वा महत्वपूर्ण मिटिङ भैरहेको समयमा घरि घरि फोन बज्छ भने त्यस्तो ब्यक्ति अनुशासनहिन मानिन्छ । अफिसमा हुँदा आमाको फोन भन्दै उठाउने र घरमा अफिसको फोन भन्दै फोनमै झुण्डिने बानी घातक हुन सक्छ ।

 

विवाहेत्तर सम्बन्ध

आफ्नो पति वा पत्निलाई भुलेर अफिसमै रोमान्स गर्ने र अफेयर चलाउन थाल्नु भो भने तपाइँको जीवन नै बरवाद हुन सक्छ । त्यस्तो सम्बन्धको अन्तिम परिणाम सुखद हुँदैन । अफिसमै विवहेत्तरको सम्बन्ध बनाउने भूल कहिल्यै पनि नगर्नुस् ।

never to do things in office 5

यौन दुर्ब्यवहार

अफिस संवेदनशील स्थान हो । यहाँ गरिएका क्रियाकापले तपाइँको ब्यक्तित्व जाँच्ने गरिन्छ । यौनजन्य व्यवहारमा सँधै सचेत रहनु पर्छ । तपाइँलाई यौन दुर्ब्यवहारको आरोप लाग्यो भने तपाइँ त्यसबाट बाहिर आउन हम्मे हम्मे पर्छ ।