के तपाई भुत हुन्छ भन्ने कुरामा विश्वास गर्नुहुन्छ ?

bhut

पछिल्लो समय बिज्ञान प्रबिधिको विकाससंगसंगै मानिसलाई देउता भुत प्रेत प्रति विश्वास घट्दै गएको छ । तर आज भोलीकै कुरा हो नेपालको सुदुरपश्चिमको पहाडी जिल्ला बझाङको एक गाउँमा भुतले सताएर एक गाउँ नै बिस्थापित भएको छ । जिल्लाको स्याडी गाविसको वडा न. ९ बेडकोल्लामा रहेको दलित बस्तीमा रात भरी भूतले घरमा आई ढोका ढक ढक गर्ने रुने चिच्याउने भए पछि  गाउँका ७ परिवार गाउँ नै छोडेर गएका छन् । सात परिवारले गाउँ छोडेपछि  गाउँ नै सुनसान भएको छ ।

 

२०६७ जेठमा गरिबीका कारण सोही गाउँका बिरजित कामी र उनका भाई गगन कामीको मिलेमतोमा बिरजितकी श्रीमती झाक्री कामी सहित आफनै परिबारका सात जनाको एकै पटक हत्या गरेका थिए । हाल बिरजित र उनका भाई गगन जिल्ला कारागारमा सजाय भोग्दै आएका छन् । गाउँलेहरु आफ्नो घर छोडी भारतको पिथौरागड तिर लागेका स्थानियहरुले बताएका छन् ।

 

यद्यपी स्थानिय एक देबताले भबिस्यबाणी गर्दै उता बस्तीमा नबस्न भनेको थियो तर उनिहरुले नमाने पछि यस्तो घटना भएको स्थानिय बासीको भनाई छ ।