राशि अनुसार मानिसको स्वरुप र आनिवानी समेत हुने ज्योतिष शास्त्रको दावी छ ।

जसको नामको पहिलो अक्षर मा, मी, मू, मे, मो, टा, टी, टू र टे हुन्छ त्यस्ता ब्यक्तिको शरीर सुन्दर हुने ज्योतिष शास्त्रीको दावी छ ।
यो नामबाट शुरु हुनेहरु सिंह राशिका हुन् । यो राशिको चिन्ह सिंह हो ।

beautiful ladies

यो राशिको स्वामी सूर्य हो भने राशिको तत्व अग्नि । यस अन्तर्गत मघा नक्षत्रका चार चरण, पूर्व फाल्गुनी नक्षत्रका चार चरण र उत्तरफाल्गुनी नक्षत्रका पहिलो चरण आँउछ ।

 

मिलेको शरीर र मिठो बोली

यो राशिका ब्यक्किको शरीर सुगठित र सुन्दर हुन्छ । यिनीहरुको शरीर आकर्षक हुन्छ । यिनीहरुको शरीर मात्र होइन बोली पनि मिठो हुन्छ । यिनीहरु स्वतन्त्रता प्रिय हुन्छन् ।

 

विचार गर्न सक्ने यी ब्यक्तिहरुको ब्यक्तित्व आकर्षक हुन्छ । ज्योतिष शास्त्रका अनुसार यिनीहरुको आवाजमा समेत आकर्षण हुन्छ । यिनीहरुको नजिक पर्ने ब्यक्तिहरु लठ्ठ पार्ने शक्ति समेत यो राशिका ब्यक्तिमा हुन्छ ।

 

यो राशिका ब्यक्तिको रुची नृत्यमा हुन्छ । यिनीहरु स्वस्थ हुने वा आजीवन रोगी हुने अचम्मको योग हुन्छ । यो राशिका कतिपय ब्यक्तिलाई पेटको समस्या हुन्छ ।

beautiful ladies 1

असल प्रेमीः

यो राशिका ब्यक्तिहरु असल प्रेमी हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध सफल हुन्छ । खासगरी यिनीहरुको बोलीबाट नै आकर्षित हुन्छन् नजिक पर्ने विपरित लिङ्गीहरु ।

 beautiful ladies 3

जीवनसाथी प्रति समर्पित

सिंह राशीका ब्यक्ति प्रेममा प्रतिबद्ध र जीवनसाथीप्रति समर्पित हुन्छन् । प्रेम सम्बन्धमा पारिवारिक हस्तक्षेम मन पर्दैन । यिनीहरु कठोर मेहनत गर्न सक्ने हुन्छन् ।