हालै गरिएको एक अध्यनले छोंटो कपडा र स्कर्ट लगाउने महिलालाई क्यान्सरको खतरा रहेको कुरा थाहा पाउन सहज रहेको देखाएको छ ।

 

युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले गरेको शोधमा २५-२६ वर्षको उमेरमा जुन महिलाको स्कर्टको साइज बढ्छ त्यस्ता महिलालाई स्तन क्यान्सरको खतरा उच्च हुन्छ ।

skirt wearing woman

शोधकर्ताहरुले जब महिलाहरु २० देखि ३० वर्षका हुन्छन् त्यतिबेला देखि उनीहरुले स्कर्टको साइज बढाउन पर्‍यो वा निरन्तर तौल बढिरह्‍यो भने उनीहरुले सचेत हुनु पर्छ । अन्यथा उनीहरुलाई स्तन क्यान्सरको खतरा उच्च हुने अध्यनको दावी छ ।

skirt wearing woman 1

महिलाहरुलाई एक पछि अर्को गर्दै ठूलो आकारको स्कर्ट चाहिने र मोटो पन बढ्दै जानु डरलाग्दो संकेत भएको उनीहरुको भनाइ छ ।

अध्यनकर्ताहरुले ५० देखि ७० वर्षका ९० हजार महिलामा गरेको अध्यनपनि यो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

एजेन्सी ।