नेपाली समाजमा श्रीमानको मृत्यु पछि नारीलाई विधवा भन्ने गरिन्छ ।

bidhawa

विधवा नारीको बिधवा विषयबस्तुमा बनेको नेपाली कथानक चलचित्र विधवा अगामी पौष ११ देखि देशभरी प्रदर्शनमा आउने भएको छ । एलिसा फिल्मस् प्रा.लि.को प्रस्तुति, गिरी प्रसाद सुनारको निर्माण, मनोज श्रेष्ठको पटकथा, सम्बाद तथा निर्देशन रहेको चलचित्रमा कथा मन बहादुर घिमिरे, गीत शंकर अधिकारी ‘घायल’ र प्रकाश लाल श्रेष्ठ, संगीत विकाश चौधरीको रहेको छ ।

 

 

चलचित्रमा दिलीप रायमाझी, सोनु घिमिरे र मनोज श्रेष्ठको मुख्य भुमिका रहेको छ । भने यसै चलचित्रबाट सोनु घिमिरेले नेपाली रजतपटमा डेब्यु गरेका छन् ।