ज्योतिषशास्त्र अनुसार मानिसका जीवनमा जन्मने समयको ठुलो महत्व हुने गर्छ ।

Mangal-9-300x225

जन्मेका समयका आधारमा नै उसको भविष्यका सबै गतिविधिलाई ज्योतिषशास्त्रले एक एक गरी निर्धारण गर्ने गर्छ ।  ज्योतिषशास्त्र अनुसार २४ घण्टाभित्रको कुन समयमा जन्म भएको मानिसहरुको स्वभाव कस्तो हुन्छ पढ्नुहोस ।

 

१. बिहान ६ बजेदेखि ८ बजेभित्र जन्म भएका मानिसहरुको स्वभाव सामान्यतया रिसाहा हुन्छन् तर साहसी र स्वाभिमानी पनि हुन्छन् । यस्ता मानिसको लग्नमा शुभग्रहको दृष्टि परेमा सकारात्मक फलहरु प्राप्त हुन्छन् र यस्ता मानिस बुद्धिमान पनि हुन्छन् ।

 

२. बिहान ८–१० बजे, यस समय अवधिभित्र जन्म भएका मानिसहरु प्रायः अल्छी स्वभावका हुन्छन् र बिना सोच, विचार बढी खर्च गर्ने हुन्छन् । यस्ता मानिसहरु प्रायः जन्मस्थल छोडेर, केही पर आफ्नो उज्ज्वल भविष्य निर्माण गर्दछन् ।

 

३. बिहान १०–१२, यो समय अवधिमा जन्म भएका मानिसहरु प्रायः चञ्चल स्वभावका हुन्छन् र त्यस्ता मानिसहरुले गीत, संगीत मन पराउँछन् । त्यस्ता मानिसहरु बुद्धिमान् र उच्च ओहोदामा सम्मानित हुन्छन् र प्रशस्त सम्पत्ति कमाउने एवं आफ्नै पौरखमा बाँच्न चाहन्छन् ।

 

४. दिन १२–२, यस समय अवधिमा जन्म भएका मानसहरु प्रायः स्वाभिमानी, बुद्धिमानी एवं सफल व्यवसायी हुन्छन् र त्यस्ता व्यक्तिहरुको ३० वर्ष उमेरपछि भाग्योदय हुनेछ ।

 

५. दिन २–४, यस समय अवधिमा जन्म भएका मानिसहरु दीर्घायु हुन्छन् । सत्यावादी र इमानदार भए तापनि त्यस्ता मानिसहरुलाई आफन्तहरुबाट निकै दुःख पाउने हुन्छन् ।

 

६. दिन ४–६, यो समय अवधिमा जन्म भएका मानिसहरु कुरा गर्न सिपालु र कामवासनामा बढी आशक्त हुन्छन् । यस्ता मानिसको भाग्योदय २५ वर्ष उमेरपछि मात्र हुनेछ ।

 

७. साँझ ६–८, यस अवधिमा जन्म भएकाहरु दुब्ला,पातला र मध्यम कदका हुन्छन् । अरुको रिस गर्ने स्वभावले गर्दा यस्ता मानिसले कहिलेकाही बेइज्जती पनि कमाउनुपर्ने हुन्छ । यस्ता मानिसको भाग्योदय वैदेशिक, साझेदारी व्यवसायमा सफल हुने देखिन्छ ।

 

८. रात्रि ८–१०, यो समय अवधिमा जन्म भएका मानिसहरु प्रायः धनी, सुखी, विद्वान् एवं विख्यात हुन्छन् । अनि स्वाभिमानी पनि हुन्छन् । पारिवारिक एवं गृहस्थ जीवन, पेसा, व्यवसाय र नोकरीमा सफल र लाभदायक हुन्छ ।

 

९. रात्रि १०–१२, यस समय अवधिका मानिसहरु बुद्धिमानी हुने भएकाले सबै कार्यक्षेत्रमा सफल हुन्छन् । यस्ता मानिसहरुले बाल्यकालमा दुःख पाए पनि युवावस्थाभन्दा पछि सुखी, सफल र सम्पन्न हुन्छन् ।

 

१०. रात्रि १२–२, यस समय अवधिका मानिसहरु झट्ट हेर्दा राम्रा, सुन्दर देखिन्छन् । यस्ता व्यक्तिहरुले बाबुको माया र पैतृक सम्पक्ति प्रायः कम मात्रामा पाउँछन् वा पाउँदैन । यस्ता व्यक्तिको भाग्योदय प्रायः २२–३२ वर्षे उमेरमा घर छोडेर गएपछि मात्र प्राप्त हुनेछ । आफ्नो उज्ज्वल भविष्य आफैँ निमार्ण गर्छन् ।

 

११. बिहान २–४, यस अवधिमा जन्मेकाहरु साहसी, पराक्रमी, तेजस्वी र मिठासपुर्ण बोली भएका हुन्छन् र यस्ता व्यक्ति प्रायः परोपकारी, समाजसेवी, मित्रसेवी, कुलसेवी र उद्यमी हुन्छन् । यस्ता व्यक्तिको भाग्योदय २०–२५ वर्र्षे उमेरमा हुनेछ ।

 

१२. बिहान ४–६, यस समय अवधिमा जन्म भएका मानिसहरु प्रायः रिसाहा, क्रोधी, दुब्ला, पातला हुन्छन् । तर, सबै शत्रुहरुलाई आफ्नो बोलीको प्रभावले आफ्नो बसमा पारेर आफ्नो राम्रो काममा प्रयोग गर्न र कार्य सफल गराउन सक्षम हुन्छन् ।