अहिले सम्म यौनाङ्गमा लगाउने कण्डोम बजारमा थियो । अव भने शरीरको तल्लो भाग नै ढाक्ने कण्डोम आएको छ ।

२ अमेरिकी कम्पनीले यौन सम्पर्क गर्दा शरीरको तल्लो भागलाई सुरक्षित राख्न भन्दै यस्तो कण्डोम सार्वजनिक गरेका हुन् । यो कण्डोम लगाउँदा छालाबाट सर्ने रोग र अन्य यौन सम्बन्धका कारण सर्ने रोग नसर्ने उत्पादकको दावी छ ।

खासगरी विभिन्न आसनमा यौन सम्बन्ध राख्ने र सुरक्षित यौन सम्बन्ध राख्नेहरुका लागि लक्षित गरेर यो कण्डोम ल्याएको कम्पनीको भनाइ छ ।

pand condom

यो कण्डोमले लिङ्गको वरीपरीको छाला र स्त्री यौनाङ्ग वरिपरीको छालाबीच हुने घर्षण हुन नदिने र विभिन्न संक्रमणबाट बँच्न सकिने कम्पनीको दावी छ ।

pand condom 1

अमेरिकाको स्वास्थ्य विभागले भने यो कण्डोमलाई मान्यता दिइ सकेको छैन ।

pand condom 2

यो धुन समेत मिल्ने कण्डोमलाई १९ डलर पर्ने कम्पनीको जनाएको छ ।