curd-in-plate

दही स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यसमा हुने रासायनिक पदार्थले दूधभन्दा चाँडो पच्छ पनि । दही भुटेको जिरा वा सिधेनुनका साथ प्रयोग गर्नु उपयुक्त मानिन्छ । स्वास्थ्यलाई सन्तुलित राख्न र विभिन्न रोगबाट जोगाउन यसको भूमिका हुन्छ । केही विशेषता :

 

अपच र कब्जियतजस्ता समस्यामा दही सेवनले लाभ दिन्छ । पेटको गडबडी छ भने भातमा दही मिसाएर खाँदा राहत हुन्छ ।


पायल्सको समस्या भए दिउँसोको खानापछि एक गिलास महीमा ज्वानो मिसाएर नियमित पिउँदा ठीक हुन्छ ।


दहीले हृदयरोग, उच्च रक्तचाप, मिर्गौलाको रोगमा पनि लाभ पुर्‍याउँछ ।


कोलेस्टेरोल बढ्न दिँदैन, यसले मुटुको चाल सन्तुलन राख्न मद्दत पुग्छ ।


क्याल्सियमको मात्रा अधिक मात्रामा पाइने हुनाले हाडको विकासमा मद्दत पुर्‍याउँछ । साथै दाँत र नङ बलियो बनाउँछ । मांसपेसीलाई सही ढंगले काम गर्न सहयोग गर्छ ।


पेटका रोगीले जुनेलोको रोटीसँग दही खाँदा ठीक हुन्छ ।


दहीमा मह मिसाएर खाएमा साना बच्चाको दाँत सजिलै आउँछ ।


मुखमा घाउ आएको छ भने मह र दहीको समान मात्रा मिसाएर बिहान–बेलुकी लगाउने हो भने सञ्चो हुन्छ ।


दहीको सेवनले शरीरको बोसो घट्छ ।


गर्मी मौसममा दहीबाट मही निकालेर या लस्सी बनाएर पिए पेटको गर्मी शान्त हुन्छ । मही या लस्सी पिएर बाहिर निस्कँदा लु लाग्ने पनि डर हुन्न ।


दहीमा किसमिस, बदाम, छोकडा आदि मिसाएर खानाले तौल बढ्छ ।


कपाल सुन्दर, स्वस्थ या निरोगी बनाउन दही या महीको प्रयोग गर्न सकिन्छ । नुहाउनुपूर्व दहीलाई कपालमा लगाएर जरैसम्म पुग्ने गरी मालिस गर्ने र केही समयपछि धुने । यसो गर्दा कपाल सुन्दर हुन्छ ।


दहीलाई जिरा वा हिङमा मिसाएर खानाले जोर्नी दुख्न कम हुन्छ ।