रक्सी जो कोहीको लागि पनि हानिकारक हुन्छ ।

तर के तपाईलाई थाहा छ, पाँच युनिट अल्कोहल पिउदा पुरुषहरुमा बच्चा जन्माउने क्षमता खतम हुने बताइएको छ ।

एक अध्ययनबाट यस्तो कुरा बाहिर आएको हो । द टाइम्स मा प्रकाशित खबरका अनुसार यो खोज बीएमजे ओपनमा छापिएको थियो । यो रिसर्चमा १८ देखि २८ वर्षका १२ सय डेनिश पुरुषहरुलाई सम्मिलित गरिएको थियो । रिसर्चको अवधी २००८ देखि २०१२ को बिचमा यी पुरुषहरुको मेडिकल परीक्षण समेत गरिएको थियो ।

alcohal drinking

रिसर्चमा सहभागी हुने पुरुषहरुसँग उनीहरुको पिउने बानीको बारेमा प्रश्न गरिएको थियो । साथमा उनीहरुको स्पार्म र रगतको नमूना पनि लिइएको थियो । यो रिसर्चबाट पुरुषहरु धेरै मात्रामा ड्रिंक गर्ने र उनीहरुको स्पार्म क्वालिटी पनि राम्रो नभएको पुष्टि भएको छ ।

यस अध्ययनले अल्कोहलको मात्रा कति लिइएको छ र स्पार्मको गुण दुबैको बीच गहिरो सम्बन्ध भएको खुलासा गरेको छ । रिसर्चबाट यो कुरा पत्ता लागेको छ कि एक हप्तामा ७.५ यूनिट अल्कोहल लिनुको परिणाम कस्तो आउछ भन्ने ।

शोधकर्ताहरुको अनुसार जुन पुरुष धेरै रक्सी पिउने गर्छ उसको स्पार्मको क्वालिटी खत्तम हुनुको साथै उसको लिंगको शेप र साइज पनि असामान्य हुने गर्दछ । यस्तो प्रभाव हरेक हप्ता ७.५ यूनिट अल्कोहल लिएपछि स्पष्ट भएको हो ।

alcohal drinking1

जब एक हप्तामा अल्कोहलको यूनिट ३७.५ पुग्छ तब यसको धेरै नै नकारात्मक प्रभाव देखिन्छ । बियरको एक बोतलमा भने २.३ यूनिट हुन्छ । यस्तोमा सोधकर्ताहरुले यस्तो सल्लाह दिएका छन कि पुरुषहरुले दैनिक अल्कोहल पिउनुबाट बच्नु पर्छ र पिएमा पनि हप्तामा २१ देखि २८ यूनिट भन्दा धेरै अल्कोहल पिउनु हुदैन ।