मानव शरीरलाई आरामको खाँचो छ । चिकित्सकहरुका अनुसार मानिसले ५÷६ घण्टा अनिवार्य सुत्न जरुरी छ ।

sleeping

यसैबीच हालै सार्बजनिक एक अनुसन्धानले कम समय सुत्ने मानिसको दिमाग चाँडै कमजोर हुने बताएको छ । सिङगापुरमा रहेको ड्युक–नस ग्राजुयट मेडिकल स्कुलको अनुसन्धान टोलीले ५५ वर्ष पुगेका मानिसमा गरेको यो अनुसन्धानको जानकारी स्लिप जर्नलमा दिइएको छ ।

 

उमेर बढ्दै जाँदा मष्तिष्कमा आउने परिवर्तन जाँच्न अनुसन्धान टोलीले म्याग्नेटिक रिजोनेन्स इमेजिङ (एमआरआई) र स्नायुमनोवैज्ञानिक परीक्षणको प्रयोग गरेको थियो । मस्तिष्कमा द्रव भरिएको भाग भेन्ट्रिकलमा बढ्दो उमेरसँगै कमजोरी देखिन थाल्ने भनाइ अनुसन्धान टोलीको छ ।

 

निदाउनमा प्रतिघण्टा आउने कमीले भेन्ट्रिकलमा उत्पन्न हुने कमजोरी झनै बढ्छ । अनुसन्धान टोलीले प्रतिदिन वयस्क मानिसले सात घण्टा सुत्नु सर्ने सुझाव दिएको छ ।