जीवनमा सफलता र असफलता भाग्य रेखा अनुसार मिल्ने ज्योतिषशास्त्रीहरु बताउँछन् । हाम्रो हातमा हुने भाग्य रेखाले सफलता र असफलता निर्धारण गर्ने बताइन्छ ।

 

हत्केलामा हुने भाग्य रेखाले जीवनका धेरै कुरा निर्धारण गर्छ ।

 

कहाँ हुन्छ भाग्य रेखा ?

तपाइँको हत्केलाको मध्यभागमा माझी औंलाको फेँद सम्म पुगेको हुन्छ भाग्य रेखा । त्यहाँको भागलाई शनि पर्वत भनिन्छ । र हत्केलाको कुनै भागबाट शुरु भएको रेखा शनि पर्वतमा आइपुग्छ भने त्यही नै भाग्य रेखा हो ।

luck line

खासमा भाग्य रेखा कहाँबाट शुरु हुन्छ र कसरी शनी पर्वतमा पुग्छ भन्ने कुराले मान्छेको भाग्य कस्तो छ भन्ने थाहा हुन्छ ।

जुन ब्यक्तिको हत्केलामा भाग्यरेखाको उदगम चन्द्र पर्वतमा हुन्छ त्यस्ता ब्यक्तिलाई स्त्रीको सहयोगमा भाग्य चम्किन्छ । कुनै स्त्री जीवनमा आउना साथ यस्ता ब्यक्तिको प्रगति हुन्छ ।

त्यस्तै कुनै केटीको हातमा यस्तो भाग्य रेखा भएमा पुरुषको सहयोगमा भाग्य चम्किन्छ । विहेपछि जुन काममा हात हाले पनि सफल हुन्छ ।

जुन ब्यक्तिको भाग्य रेखा जीवन रेखाबाट शुरु हुन्छ त्यस्ता ब्यक्तिले जीवनमा मेहनतबाट सफलता पाउँछन् ।

luck line 1
त्यस्तै भाग्य रेखा हत्केलाको मध्यभागबाट शुरु हुने ब्यक्तिको जीवनमा धेरै संघर्ष गर्नु पर्छ । युवा अवस्था पुगेपछि मात्र यिनीहरुलाई भाग्यले अलि साथ दिन्छ ।

luck line 2

भाग्य रेखाको उद्गम नाडी नजिककै मणिबंध रेखामा छ भने यस्ता ब्यक्ति अत्यन्तै भाग्यमानी र बलबान हुन्छन् ।

बुढी औंलाको नजिकै शुक्र पर्वत हुन्छ यसबाट भाग्य रेखा निस्केर शनी पर्वतमा पुगेमा यस्ता ब्यक्तिको भाग्य विवाह पछि चम्किन्छ ।