हामी तिल दैनिकरुपमा प्रयोग गर्छौं । कसैलाई तिल मन पर्छ भने कतिलाई मन पर्दैन । तर तिल सेवनका फाइदाबारे भने धेरैलाई थाहा नहुन सक्छ ।

यहाँ तिल सेवनका ६ फाइदाको चर्चा गरिएको छ ।

 

१ कोलेस्ट्रोल कम गर्छ

तिलमा ओलिक एसिड प्रसस्त मात्रामा हुन्छ । यसमा हुने मोनो स्याचुरेटेड फ्याटी एसिडले कोलेस्ट्रोल कम गर्छ । साथै यसले शरीरलाई चाहिने गुड कोलेस्ट्रोल भने बढाउँछ । यसले मुटुमा हुने समस्या कम गर्छ ।

til ka faida

२ क्यान्सर हुन दिँदैन

तिल सेवनबाट शरीरमा एन्टी क्यान्सर पर्पटी जम्मा हुन्छ । यसमा हुने तत्वले फोक्सको क्यानसर,कोलोन क्यान्सर, ल्यूकेमिया, प्रोस्टेट क्यान्सर, ब्रेस्ट क्यान्सर र प्यान्याक्रिटिक क्यान्सरबाट बचाउँछ ।

 

३ चिन्ता कम गर्छ

हामी चिन्तित रहन्छौं । तर तिलको सेवन नियमित गर्ने हो भने चिन्ताको मात्रा निक्कै कम हुन्छ । १०० ग्राम तिलमा लगभग २८ प्रतिशत नियासिन हुन्छ जुन दिमागलाई स्वस्थ राख्न समेत उपयोगी हुन्छ ।

til ka faida 1

४ गर्भवतीलाई फाइदा

तिलल् गर्भवती महिलालाई राम्रो गर्छ । यसले बच्चाको स्वस्थ हुर्काइ र आमाको स्वास्थ्यलाई समेत ख्याल राख्छ । तिलका दाना मात्र होइन यसको तेल पनि निक्कै लाभदायक मानिन्छ ।

til ka faida 2
५ हाडलाई बलियो राख्छ

तिल हाडको स्वास्थ्यका लागि असाध्यै राम्रो मानिन्छ । यसमा हुने एमीनो एसिड र प्रोटिनले हड्डीलाई बलियो राख्छ । करिव १०० ग्राम तिलका दानामा १८ ग्राम प्रोटिन हुन्छ ।

 

६ मस्तिस्क घातबाट बचाउँछ

तिलले मस्तिस्कघातबाट बचाउँने मात्र होइन भैसकेपछि सम्हालिन समेत मद्दत गर्छ । तिलले रक्त सञ्चार नियमित गर्न मद्दत गर्छ । तिलमा हुने म्याग्नीशियमले रक्त सञ्चार र न्यूरोन इम्पल्सलाई समेत बलियो राख्छ ।