धुम्रपान गर्ने बानी छ भने एक पटक सोंच्नुस् । यदि तपाइँ पनि चुरोट पिउने गर्नु भएको छ भने आजै देखि यो बानी छोड्नुस् ।

चुरोट लगायतका ध्रम्रपान गर्ने बानी भएका पुरुषहरुलाई यौन क्षमतामा गम्भिर असर गर्ने एक अध्यनले देखाएको छ । हालै अष्ट्रेलियामा गरिएको एक अध्यनले सिगरेट पिउन पुरुषहरुमा शीघ्र पतन र उत्तेजना नहुने समस्या बढ्दै गएको देखिएको छ ।

१५०० पुरुषमा गरिएको उक्त अध्यनले चुरोट पिउने पुरुषको यौन जीवन सँधैका लागि वर्वाद हुन सक्ने देखाएको छ ।

smoking 1

यदि तपाइँले २० वर्ष धुम्रपान गरिसक्नु भएको छ भने अव छोड्दा समेत यो नकारात्मक असर घटाउन सकिँदैन ।

एक अमेरिकी अध्यनले पनि धुम्रपान गरेर छोडिसकेका पुरुषमा समेत उत्तेजना नहुने र शीघ्र पतनको समस्या देखिने पत्ता लगाएको छ ।

तर छोंटो समय मात्र धुम्रपान गरेका ब्यक्तिले भने बेलैमा छोडेमा उनीहरुको स्वास्थ्यमा परेको नकारात्मक असर कम गर्न सकिन्छ ।

smoking
लामो समय धुम्रपान गरेका अधिकाँश पुरुषमा यौन सम्बन्ध राख्दा पनि यौनाङ्ग उत्तेजित नहुने गम्भिर समस्या हुने यो अध्यनको दावी छ श्र

खासमा धुम्रपानका कारण रक्तबाहिनी नलीमा पर्ने असरले लिङ्गको उत्तेजनामा समेत नकारात्मक असर पार्ने विज्ञहरुको भनाइ छ ।