हाम्रो धर्म संस्कारमा केही जीवन उपयोगी नीति छन् । जसको अनुसरण गरेमा हाम्रो जीवनमा सहज हुन्छ ।

शास्त्रमा ऋषि मुनीहरुले भनेका कतिपय कुराहरु असाध्यै ब्यवहारिक र बैज्ञानिक लाग्छन् ।

enemy in life

नीति शास्त्रमा भनेको छः

ऋणकर्ता पिता शत्रुर्माता च व्यभिचारिणी।
भार्या रूपवती शत्रु: पुत्र: शत्रुरपण्डित:।।

ऋणमा डुवाएर छोड्ने बाबु र विचार ब्यविचारिणी अर्थात परपुरुषसँग प्रेम गर्ने आमा तथा मुर्ख छोरो शत्रु बराबर हुन् ।

धन्यो बहुभि: पुत्रै: कुशूलापूरणाढकै:।
वरमेक: कुलालम्बी यत्रविश्रयूते पिता।।

यसको अर्थ हुन्छ खरानीले भरिएको भाँडो जस्तै मुर्ख सन्तानबाट पनि कुनै कुरा प्राप्त हुँदैन । बरु कुलको ख्याल गरेर सबैलाई सम्मान गर्न जान्ने ब्यवहारिक पुत्रले शान्ति दिन्छ एवं कुलको इज्जत पनि राख्छ ।

 

अवश्यम्भाविनो भावा भवन्ति महतामपि।
नग्नत्वं नीलकण्ठस्य महाहिशयनं हरे:।।

यसको अर्थ हो कि प्रतापी, वैभवशाली र महान ब्यक्तिले पनि संसारका अनेक दुःखको सामना गर्नु पर्छ । भगवानका पनि भगवान भनिएका शिवले समेत वस्त्रविहिन दिगम्बरकोरुप धारण गर्नु पर्‍यो । यस कारण कुनै समस्या आउँदैमा आत्तिने र सुख पर्दैमा मात्तिने गर्नु हुँदैन । जीवनमा सुख र दुःख आउने जाने भैरहन्छ ।

न संशयमनारूह्य नरो भद्राणि पश्यति।
संशयं पुनरारूह्य यदि जीवति, पश्यति।।

यसको अर्थ हो जीवनमा जोखिम लिन नसक्ने ब्यक्तिले सुख र सौभाग्यको उपभोग पनि गर्न पाउँदैन । कुनै पनि सकारात्मक कुरामा जोखिम उठाइसकेपछि त्यसको अन्त्य सुखद हुने निश्चित छ ।

paraistri sambadndha

माता शत्रु: पिता वैरी येन बालो न पाठित:।
न शोभते सभामध्ये हंसमध्ये बको यथा।।

यसको अर्थ हुन्छः आफ्ना सन्तानलाई विद्या ज्ञान नदिने बाबुआमा शत्रु समान हुन् । अशिक्षित ब्यक्ति विद्वानका माझमा केवल हाँसकोबीचमा बकुल्ला जस्तै मानिन्छ ।