तपाइँ अरुको नजरमा राम्रो बन्न चाहनु हुन्छ भने तपाइँले धेरैकुरामा ध्यान दिनु पर्छ । तपाइँसँग ब्यवहारको ढंग छैन भने मान्छेहरुले तपाइँलाई माया होइन घृणा गर्छन् ।

सामान्य जीवन जिउने मानिसले भन्दा अतिरिक्त श्रम गर्न तयार हुने र मेहनती ब्यक्तिले मात्र जीवनमा सफलता पाउन सक्छ ।

secret of success 1

जे गर्नु हुन्छ राम्रोसँग गर्नुस्ः

जीवनमा सफल पाउने पहिलो शुत्र हो जे गरिन्छ मजाले गर्नु । कुनै पनि काममा पुरै डुवेर सो काम गर्नु नै सफलताको शुत्र हो ।
अतिरिक्त परिश्रम गर्न अतिरिक्त उर्जा चाहिन्छ त्यसका लागि कतिपय ब्यक्तिले योगा गर्ने गर्छन् । शरीरमा अतिरिक्त उर्जा उत्पादनका लागि विहान उठ्ने वित्तिकै हातलाई माथी लैजाने र हावामा फैलाउने अनि फेरि सामान्य अवस्थामा पुर्‍याउने । यस्तो अभ्यास नियमित गर्दा शरीरमा उर्जा बढ्छ । शरीरको सुविधान अनुसार हिँड डुल गर्दा वा स्थिर बस्दा पनि हुन्छ तर आफू रुख बनेर पृथ्वीको उर्जा तानिरहेको कल्पना गर्दा शरीरमा नयाँ स्फुर्ती आउने योग विज्ञहरु बताउँछन् ।

 

secret of success
हरेक काममा सफलताः

अहिलेको समय प्रतिस्पर्धाको समय हो । शत प्रतिशत आउटपुट भए मात्र स्थान पाइन्छ आजकल । निरन्तर गुणात्मक परिणाम दिने क्षमता राख्यो भने मात्र सफलताको दिशामा जान सकिन्छ । सफलता पाउन र त्यसलाई कायम राख्नु फरक कुरा हुन् । दुवैमा निक्कै मेहनत जरुरी हुन्छ तर भित्र देखि शान्त भएर कुनै काम गर्न सकिएन भने चाँहि सफलताले समेत सन्तुष्टी दिँदैन ।

सफलताका तीन सिँढी

– निरन्तर परिश्रम ऊर्जा कायमै
– सफलता त्यो मात्र हो जसले बाँध्ने होइन मुक्ति दिन्छ
– सफलता सकारात्मक हुनु पर्छ जसले नकारात्मक ऊर्जा नष्ट गरोस्

यी तीन कुरालाई सन्तुलनमा राख्ने ब्यक्ति सँधै सफल हुन्छ ।