बैज्ञानिकहरुले अष्ट्रेलियामा क्यान्सर रोगका विरुद्ध अत्यन्तै हितकारी फल पत्ता लगाएका छन् ।

 

ब्रिस्बेन शहरस्थित ‘क्युआइएमआर’ बर्घोफर मेडिकल रिसर्च इन्स्टिच्युटका ग्लेन बोलेले नेतृत्व गरेका अनुसन्धानकर्ताहरुले यो कुरा पत्ता लगाएका हुन् । उनीहरुले यो फलका बारेमा भर्खरै ८ वर्ष लामो अध्ययन पुरा गरेका हुन् । सुदुरउत्तरी क्विन्स्ल्याण्डमा यो फल फल्ने गर्दछ ।

 

यसको प्रयोगले घाँटी, अनुहारको ट्युमर र छालाको क्यान्सरलाई पुरै नष्ट पार्दछ । ‘ब्लुसउड’ रुखमा यो फल फल्ने गर्दछ । यसको बैज्ञानिक नाम ‘हिल्याण्डीया डकरिली’ हो । यसलाई त्यहाका स्थानिय जनजातीहरुले ‘एकदमै छिटो काम गर्ने औषधिको रुपमा चिन्ने गर्दछन् । यो फलमा प्राप्त भएको तत्वलाई निकालेर अहिले औषधि बनाइएको छ । र यो औषधि बिरालो, कुकुर र घोडा लगायतका ३०० प्रकारका जनावरहरुमा प्रयोग गरिसकिएको छ ।

 

यी जनावरहरु सतही खालका क्यान्सरबाट पिडीत थिए । जेसिका भोन्डेरेनका अनुसार ३०० मध्ये ७५ प्रतिशत जनावरहरुको ट्युमर हरायो । बैज्ञानिकहरुका अनुसार यो औषधि जनावरहरुका लागि त एकदमै प्रभावकारी र छिटो पनि छ । ५ मिनेटमै यसले प्रभावकारी असर देखाउन थाल्छ ।

 

एक हप्तादेखी १५ दिनसम्ममा ट्युमर पुरै निको भएको देखियो । तर दुखको कुरो यो बेरी जस्तो पायो मौसम र स्थानमा नफल्ने देखिएको छ । रिसर्च टिमका प्रमुख ब्रोलेका अनुसार अब छिटै मानवका लागि पनि यो औषधि निर्माण गरिँदै छ ।