पछिल्लो समयमा ढाड दुख्ने समस्या हुने ब्यक्तिहरुको संख्या बढ्दै गएको छ । हाम्रै दिनचर्याले पनि ढाड दुख्ने समस्या आम बन्दै गएको बताउँछन् विशेषज्ञहरु ।

back pain 1

यदि तपाइँलाई पनि ढाड दुख्ने समस्या छ भने लापरवाही नगर्नुस् । तपाइँलाई चर्को मूल्य चुकाउनु पनि पर्न सक्छ । हालै गरिएको एक अध्यनले ढाड दुख्ने समस्यालाई वेवास्ता गर्ने ब्यक्तिले पछि धेरै समस्या भोग्ने देखाएको छ ।

 

नेपालमा पनि धेरै मानिसमा ढाड दुख्ने समस्या रहेको पाहिन्छ ।

 

ढाड दुख्ने समस्या छ भने सामान्य दुखाइ कम गर्ने औषधी खाएर यसलाई टार्ने कोशिस गर्नु हुँदैन । ढाड दुख्ने समस्या आफैमा गम्भिर समस्याको संकेत भएको चिकित्सकहरुको भनाइ छ ।

back pain

विश्वव्यापीरुपमा ढाड दुख्र्ने जनसंख्या कूल जनसंख्याको २० प्रतिशत रहेको तथ्याङ्क छ । जस मध्ये ५६ प्रतिशत ढाड दुख्ने विरामी गम्भिर अवस्था आएपछि मात्र अस्पताल जान्छन् ।

 

चिकित्सकहरुले ढाड दुख्न शुरु गर्दा देखि नै यस्मा विशेष ध्यान दिने र उपचारको खोजीमा लागि हाल्नु पर्नै सुझाव दिएका छन् ।

ढाड दुखाइलाई लापरवाही गर्दा जीवनको उत्तरार्धमा मूल्य चुकाउनु पर्ने उनीहरुको चेतावनी छ ।