१ कात्तिक, ललितपुर । 

maize

मौसमले राम्रो साथ नदिएको भए पनि यस वर्ष ललितपुरमा मकै उत्पादनमा एक हजार ७१८ मेट्रिकटनले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७०/७१ मा २४ हजार ९०८ मेट्रिकटन मकै उत्पादन भएकामा चालु आर्थिक वर्षमा एक हजार ७१८ मेट्रिकटनले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय ललितपुरले बताएको छ ।

 

कार्यालयका सूचना अधिकृत हरि पण्डिका अनुसार यस वर्ष कृषकले उन्नत मकैको बीउको प्रयोगले उत्पादन बढेको हो । हाल ललितपुर जिल्लामा आठ हजार ५८९ हेक्टर जमिनमा मकैखेती हुँदै आएको छ ।

 

गोटिखेल, दहचोकी भारदेउ, नल्लु, लेले, कालेश्वर, चन्दनपुर गाविसका कृषकले यस वर्ष देउती, मनकामना ४, मनकामना ३, गणेश १ लगायतका उन्नत जातको मकै लगाएका थिए ।

 

मकै उत्पादन राम्रो रहेको भए पनि कोदो, फापर, मास, भट्मास, बर्र्खे आलुलगायतका बालीमा भने समयमा नै आवश्यक पानी नपरेको र रोग किराले सताएकाले उत्पादनमा कमी आएको जानकारी दिइएको छ । रासस