कुनै ब्यक्ति मन पर्‍यो भने त्यसलाई ब्यक्त गर्ने विभिन्न तरिका हुन्छन् विभिन्न मान्छेहरुका । केटाहरुमा जुनसुकै स्त्रीसँग पनि मन परेपछि फ्लर्ट गर्ने बानी हुन्छ । स्त्रीहरु मन परेपछि केटाहरुले केही विशेष ब्यवहार देखाउन थाल्छन् । यहाँ त्यस्तै ९ ब्यवहारको चर्चा गरिएको छ जुन स्त्री मन परेपछि पुरुषहरुले देखाउँछन् ।

 

१ च्याट वा मेसेज
भर्खरै चिनजान भएको पुरुषले कुनै स्त्रीलाई निरन्तर अफलाइन वा अफलाइन मेसेज वा एसएमएस गर्न थाल्छ भने बुझ्नुस् उसलाई उक्त स्त्री मन पर्न थालिसकी । केटीका हरेक गतिबिधी वा सामाजिक सञ्जालमा तस्विर वा लिङ्कमा कमेन्ट गर्ने पनि यसकै संकेत हो

२ विवाहको कुरा

कुनै पनि पुरुषलाई स्त्री मन परिभने उनीसँगको कुराकानीमा पुरुषले विवाहको प्रसंग ल्याइरहन्छ । जुन स्त्री मन पर्छ उसलाई आफ्नी पत्नि मात्र होइन बच्चाकी आमाकोरुपमा समेत हेर्न थालि हाल्छन् पुरुष ।

 

boy likes girl 1
३ पैसाका कुरा

अधिकाँश पुरुषलाई महिला आफूले कमाउने पैसामा सबैभन्दा बढी हेर्छिन् भन्ने भ्रम हुन्छ । तर स्त्रीलाई पैसा भन्दा पनि केटाको ब्यक्तित्वसँग बढी चासो हुन्छ । केटाहरुले कुनै केटीसँग सम्बन्धमा आउने वित्तिकै आफूसँग भएको पैसा वा शक्तिका कुरा घुमाएर गरिहाल्छन् । जुन केटीलाई मन पर्दैन ।

४ दिक्क लाग्ने गरी एसएमएस

अधिकाँश पुरुषले आफूलाई मन पर्ने स्त्रीलाई विभिन्न तरिकाले डिस्टर्व गरिरहन्छन् । उठ्ने वेलामा गुड मर्निङ र सुत्ने बेलामा गुड नाइट नभनी हुँदैन जस्तो उनीहरुलाई लाग्छ तर त्यस्तो वास्तविकता होइन ।

५ फोन गरेको गर्यै

अधिकाँश पुरुषमा मन परेकी केटीलाई फोन गरिरहने र नभए एसएमएसबाट भएपनि सम्पर्क गरिरहने बानी हुन्छ । तर निरन्तर यस्ता कल वा मेसेजले मात्र केटी प्रभावित हुन्छन् भन्ने गलत धारणा हो । यस्ता कल र मेसेजले बरु कहिले काँहि नकारात्मक प्रभाव समेत दिन्छ ।

 

boy likes girl
६ पैसा तिर्नै पर्ने

अधिकाँश पुरुषलाई लाग्छ आफू स्त्रीसँग कतै गइयो वा रेष्टुरेन्टमा खाइयो भने पैसा आफूले नै तिर्नु पर्छ । तर स्त्रीहरु सँधै पुरुषले पैसा तिरोस् र खान पाइयोस् भन्ने चाहँदैनन् । बरु पालै पालो पैसा तिर्ने बानीले केटीलाई आफू पनि सम्मानित भएको महसुस् हुन्छ ।

७ कुरैपिच्छे सेक्सको भाव

पुरुषहरु सेक्सको कुरा ब्यक्त गर्न हतार गर्छन् । तर स्त्रीहरुलाई हतारमा सेक्समा पुगिहाल्ने पुरुषप्रति शंका लाग्छ । कहिल्यै पनि यस्तो कुरामा हतार गर्नु हुँदैन ।

 

८ विगतको सम्बन्धका विषयमा गफ

पुरुषहरुले नयाँ स्त्रीसँग नजिकिने वित्तिकै विगतमा आफूले संगत गरेका स्त्रीहरुको बारेमा कुरा गरिहाल्छन् । तर यसले राम्रो गर्दैन । अझ कतिपयले त सम्बन्धको विषयमा गफ नै लगाउँछन् जुन उल्टो घातक सिद्ध हुन्छ ।

 

९ अनावश्यक उपहार

पुरुषहरु महिलालाई महंगा उपहार दिएर आफ्नो बनाउन सकिन्छ भन्ने ठान्छन् । तर यो कुरा सत्य होइन् । अनावश्यक उपहार दिने कुराले मात्र प्रभावित पार्दैन ।