राशिले धेरै कुरा निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । राशि नामको आधारमा निर्धारण हुन्छ नामको पहिलो अक्षरबाटै थाहा हुन्छ मानिसको भाग्य र स्वभाव ।

जसको नामको पहिलो अक्षर रा, रि, रु, रे, रो, ता, ती, तू वा ते हुन्छ उनीहरुको राशि तुला हो । तुला राशिमा शनिको उच्च स्थान छ । यसैकारण यिनीहरु मानिसहरुलाई सजिलै प्रभावित गर्छन् ।

tula rasi

तुला राशिको चिन्ह तराजू हो यो राशि पश्चिम दिशाको प्रतिक पनि हो । शुक्र राशि स्वामी हो ।

यिनीहरुलाई चिसो लाग्ने समस्या हुन्छ ।

tula rasi 1

आकर्षक ब्यक्तित्व

यो राशिका स्त्री पुरुष सुन्दर र आकर्षक हुन्छन् । उनीहरुको आँखामा चमक हुन्छ भने अनुहारमा प्रसन्नता झल्किन्छ ।

तुला राशिका ब्यक्ति सोच मग्न हुन्छन् र उच्च विचार राख्छन् । यिनीहरु कुनै पनि परिस्थितिमा विचलित हुँदैनन् ।

अरुलाई प्रोत्साहन दिन र सहारा दिन मन पराउँछन् ।

तुला राशिकी स्त्री

तुला राशिका महिला असाध्यै मोहक हुन्छन् । यिनीहरु बौद्धिक काम गर्न मन पराउँछन् ।

तुला राशिका ब्यक्तिले सजिलै कुरा बुझ्छन् भने सम्बन्धमा पक्का हुन्छन् । यिनिहरुलाई एक्लै बस्न मन पर्दैन । उनीहरुलाई प्रेमी वा मित्र साथ रहिरहनु पर्छ ।

tula rasi 2
दुब्ला र पातला

तुला राशिका ब्यक्ति दुब्ला पातला र अग्ला तथा आकर्षक हुन्छन् । यिनीहरुको जीवनमा आदर्शवाद र व्यवहारिकताको ठूलो महत्व छ ।