दैनिकरुपमा जुस पिउने बानी छ भने आजै देखि छोड्नुस् । दैनिक जुस पिउँदा गम्भिर समस्या आउने चेतावनी बैज्ञानिकहरुले दिएका छन् ।

मानिसहरु जुस पिउनु निक्कै राम्रो भन्ने ठान्छन् यसले शरीरलाई फाइदा मात्र गर्ने ठान्छन् । तर हालै अष्ट्रेलियामा गरिएको एक अध्यनले हरेक दिन जुस पिउने ब्यक्तिलाई मुटुमा समस्या हुने देखाएको छ ।

fruit-juice

अस्ट्रेलियाको स्विनबर्न यूनिभर्सिटी अफ टेक्नोलोजीका डा. म्याथ्यूले यस्तो अनुसन्धान गरेका हुन् । दैनिकरुपमा जुस पिउँदा रक्तचाप बढाउने र मुटुमा नै गम्भिर समस्या आउन सक्ने चेतावनी उनले दिएका छन् ।

 

anar juice

नियमित जुस पिउने बानी भएकाहरुलाई यस्तो खतरा बढी रहेको र कम जुस पिउनेलाई कम खतरा रहेको उनको भनाइ छ ।

अधिकाँश फलमा सुगरको मात्रा बढी हुने हुँदा समस्या आउने उनले बताए ।

यो शोध विज्ञान पत्रिका ऐपीटाइटमा प्रकाशित छ ।