यदि तपाइँको मुख खोल्दा दुर्घन्ध आउँछ अर्थात स्वास गन्हाउने समस्या छ भने सावधान हुनुस् तपाइँलाई गम्भिर रोग पनि हुन सक्छ ।

डेलीमेलमा प्रकाशित अध्यनका अनुसार स्वासमा हुने दुर्गन्ध गम्भिर स्वास्थ्य समस्याको संकेत हुन सक्ने उल्लेख छ ।

लण्डनस्थित इलेभेन डेन्टल अस्पतालका निर्देशक समीर पटेलका अनुसार दांतको रंग देखि गिँजाको अवस्थासम्म तपाइँको स्वास्थ्यसम्म जोडिएका हुन्छन् ।

bad breath 2

स्वासको दुर्गन्ध आउँछ भने सचेत हुन जरुरी छ । दाँतमा ब्रस गरिसकेपछिपनि दुर्गन्ध हराउँदैन भने तपाइँको कलेजोमा समस्या हुन सक्छ ।

कतिपय ब्यक्तिलाई पाचन सम्बन्धी समस्याले पनि स्वास गन्हाउन सक्छ । त्यसैगरी कतिपयलाई भने कलेजोमा समस्या हुन सक्छ ।

 

अत्याधिक मदिरा सेवन गर्ने ब्यक्तिको स्वास गन्हाउँछ भने त्यस्ता ब्यक्तिलाई कलेजोको समस्या हुन सक्छ ।

त्यति मात्र होइन मुखबाट दुर्गन्ध आउने र ओंठ फुट्ने एकैपटक भएको छ भने यो मधुमेहको संकेत समेत हुन सक्छ ।

मधुमेह शुरु हुने समयमा ओंठ फुट्ने समस्या आम हुन्छ ।

मुखबाट एकदम कडा दुर्गन्ध आउँछ र त्यस्तो लामो समय सम्म हुन्छ भने मुखमा क्यान्सरको लक्षण हुन सक्छ ।