दुधको पोषक तत्व र फाइदाका विषयमा निक्कै धेरै चर्चा भैसकेको छ । तर यही दुध धेरै पिउन थालियो भने यसबाट बेफाइदा हुन्छ भन्ने चाँहि धेरैलाई थाहा नहुन सक्छ ।

milk

स्वीडेनमा गरिएको एक अध्यनले दिनमा ३ ग्लास भन्दा बढी दुध पिउने ब्यक्तिको अकालमा ज्यान जान सक्छ । उप्पसला यूनिवर्सिटीका शोधकर्ताहरुले दिनमा ० दशमलव ७ शून्य लीटर भन्दा बढी दुध पिउनु घातक हुन्छ ।

 

शोधकर्ता कार्ल माइकलसनले दुधमा हुने ल्याक्टोस र ग्यालेक्टोस सुगरको अधिकता शरीरका लागि घातक छ ।

शोधका क्रममा ६१००० महिला र ४५००० पुरुषमा २० वर्ष सम्म अध्यन गरिएको थियो । नियमित ३ गिलाश दुध पिउनेहरुको निधन अकालमा भएको शोधकर्ताहरुले पाए ।

milk 1
शोधका क्रममा दुध सहित ९६ प्रकारका पोषक तत्व खान दिएर राखिएको थियो ।

शोधकर्ताहरुका अनुसार अधिक दुध सेवन गर्दा शरीरमा अक्सीडेटिव स्ट्रेस बढ्छ र मानिसको असामियक निधन हुन्छ त्यति मात्र होइन हड्डी भाँचिने खतरा पनि बढ्छ ।