हाम्रो जीवनयापनको शैलीमा आएको परिवर्तनसँग खान पानको बानी पनि बदलिएको छ । मानिसहरु फाष्टफुडमा निर्भर बन्दै गएका छन् ।

नून हाम्रो जीवनको सबैभन्दा महत्वपूर्ण खाद्य पदार्थ हो तर यसलाई नियन्त्रित ढंगले सेवन नगर्ने हो भने यसले घाटा गर्ने चिकित्सकहरुले बताएका छन् । नुन कम खाँदा हाम्रो शरीरलाई फाइदा गर्ने उनीहरुको भनाइ छ ।

 

bathroom salt

चर्को नुन खाँदा यस्ता समस्याः

मुटुमा समस्या

विश्व स्वास्थ्य संगठन डब्‍ल्यूएचओको प्रतिवेदन अनुसार खानामा नून बढी भो भने खतरा हुन्छ । बढी नुन खाँदा मुटु सम्बन्धि समस्या हुने बताइन्छ । नूनको अधिक मात्राले मुटुलाई कमजोर बनाउने र हृदयघातको खतरा बढेर जान्छ । यसको अर्थ चर्को नुनको सेवनले मृत्युको समेत खतरा हुन्छ ।

 

मस्तिस्क घातको खतरा

पछिल्लो समयमा जंकफुडको प्रयोग बढ्दै गएको छ । यसमा नुनको मात्रा बढी हुन्छ । यस्तो खानाले मस्तिष्क घातको खतरा बढाउँछ । संसारभरी हृदयघातबाट मृत्यु हुने मानिसहरुमा गरिएको अध्यनबाट चर्को नुन यसको प्रमुख कारण देखिएको छ । हरेक वर्ष संसार भरमा २५ लाख मानिस हृदयघातबाट मर्छन् ।

 

रक्तचापमा समस्या
चर्को नुन खाँदा उच्च रक्तचापको समस्या हुने चिकित्सकहरु बताउँछन् । यसले रक्तचाप मात्र नभएर मस्तिस्कमा समेत असर गर्छ ।

डब्‍ल्यूएचओका अनुसार गम्भिर विरामीबाट बच्नका लागि हाम्रो दैनिक आहारमा केवल ५ ग्राम नुन प्रयाप्त हुन्छ । यस भन्दा बढी नुन हुन थाल्यो भने विभिन्न समस्या देखिन्छन् ।

 

नुन चर्को खाने बानी छ भने आजै देखि छोड्नुस् ।