विहान सवेरै उठ्नु राम्रो भन्ने हाम्रो पुरानो संस्कार पछिल्लो समयमा वेवास्ता हुन थालेको छ । मानिसहरु ढिलो सम्म जागै बस्ने र विहान ढिला सम्म सुत्ने चलन बढि देखिन्छ ।

तर खासमा सूर्योदय हुनु अघि नै उठ्नु स्वास्थ्यका दृष्टिले निक्कै राम्रो मानिन्छ । सूर्योदय अघिको समयलाई ब्रह्म मुहूर्त भनिन्छ ।

यो पुरानो परंपरा हो । हुन त विहान सवेरै उठ्न धेरैलाई गाह्रो पर्छ तर विहान सबेरै उठ्नु उत्तम मानिन्छ ।

 

विहानमा गर्ने पर्ने ३ कामः

उठ्ने वित्तिकै  तामाको भाँडाको पानी पिउनुस्

सूर्योदय अघि उठेर पानी पिउनु राम्रो मानिन्छ । यसलाई उशा पान पनि भन्ने गरिन्छ । विहान पिइएको पानीले शरीरमा रहेको विकारलाई बाहिर पठाउन मद्दत गर्छ । त्यति मात्र होइन सवेरै पानी पिउँदा विभिन्न रोगबाट समेत बँच्न सकिन्छ । यसले हाम्रो त्वचा पनि राम्रो बनाउँछ । विहानमा तामाको भाँडोमा राखेको पानी पिउनु सबै भन्दा उत्तम मानिन्छ । 

 

 

morning rule
हत्केलाको दर्शन

विहान उठ्ने वित्तिकै सबै भन्दा पहिलो काम हत्केलाको दर्शन गर्नु पर्छ भनेर ऋषिमुनीहरुले भनेका छन् । यसले हाम्रो दिनलाई शुभ बनाउने शास्त्रमा उल्लेख छ । हत्केलाको दर्शनपछि हामीले भूमिको दर्शन गर्नु अर्थात जमिनमा ढोग्नु राम्रो मानिन्छ । यसो गर्दा स्वास्थ्य र धन दुवै लाभ हुने बताइएको छ । विहान सवेरै उठ्ने ब्यक्तिको अनुहारमा कान्ति हुने हुन्छ । यसले छालालाई राम्रो राख्छ भने छिटो बुढो देखिने समस्याबाट पनि मुक्ति दिन्छ ।

 

योग ध्यान

विहान उठ्ने वित्तिकै योगा वा ध्यान गर्नु उत्तम मानिन्छ । विहानको हावा र वातावरण कम प्रदुषित हुने र तनाव पनि कम हुने हुँदा यो समयमा ध्यान गर्दा दिनभर दिमाग एकतृत गर्न सकिने विज्ञहरुको भनाइ छ । विहानको हावा स्वास्थ्यवर्धक मानिन्छ । विहान सवेरै उठेको ब्यक्ति दिनभर फ्रेस रहन्छ ।

morning rule 2

धार्मिक महत्व

शास्त्रका अनुसार विहान ढिला उठ्दा धेरै कुरा नकारात्मक हुन्छ । अरु उठ्नु अघि नै उठेर आफ्ना नित्य कर्म गर्ने ब्यक्तिलाई दिनभरी सकारात्मक विचार आउने र उर्जा कायम रहने शास्त्रमा उल्लेख छ ।

 morning rule 1