हाम्रो हातमा अनेक प्रकारका रेखा हुन्छन् । यी रेखाहरुले नै हाम्रो धेरै कुरा निर्धारण गर्ने हस्तरेखा विज्ञान बताउँछ । हातमा रहेका केही चिन्ह शुभ हुन्छन् भने कुनै अशुभ ।

 

थाहा पाउनुस् क्रश चिन्हको फलः

हत्केलामा हुने महत्वपूर्ण रेखा मध्ये जीवन रेखा, भाग्य रेखा लगायतका चिन्हको निकै ठूलो महत्व छ । त्यस्तै एउटा चिन्ह हो क्रश (x) चिन्ह । सबैको हत्केलामा यो चिन्ह हुदैन र देखिँदैन पनि ।

accident line 1

यदि कुनै ब्यक्तिको हत्केलाको माझमा अर्थात माझी औंलाको फेंदमा क्रश चिन्ह छ भने त्यस्ता ब्यक्तिलाई धेरै झन्झट आइलाग्छ । यस्ता ब्यक्तिहरु दुर्घटनामा पर्ने सम्भावना पनि उच्च हुन्छ । यस्तो चिन्ह छ भने सवारी साधन प्रयोग गर्दा ध्यान दिनु पर्छ ।

तर यो रेखाले भाग्य रेखालाई छोएको छैन भने यस्ता ब्यक्तिलाई कम खतरा हुन्छ । यद्यपी उनीहरु निराशावादी, उत्साहहीन र अल्छी हुन्छन् ।

accident line

यदी चोर औंलाको फेंदमा यो रेखा छ भने यस्ता ब्यक्तिलाई जीवनका धेरै कुरामा असफलता मिल्छ ।

कान्छी औंलाको फेंदमा क्रश छ भने यस्ता ब्यक्ति इमान्दार हुने सम्भावना निक्कै कम हुन्छ ।

यदि हत्केलाको मध्यभागमा यस्तो क्रश छ भने यस्ता ब्यक्ति रिशाहा हुन्छन् र शत्रु कमाउँछन् ।

यदी कुनै ब्यक्तिको बुढी औंलाको फेंदमा यस्तो चिन्ह छ भने यस्ता ब्यक्तिलाई प्रेममा धोका पाउँछन् । साथीहरुले पनि यिनीहरुलाई सहयोग गर्दैनन् ।