ढाड दुख्ने समस्या आम बन्दै गएको छ । हालै गरिएको शोधले ढाड दुख्ने विषयमा नयाँ तथ्य बाहिर ल्याएको छ ।

खासगरी लोग्ने मान्छेहरुमा उनीहरुको चाल चलनका कारण ढाड दुख्ने समस्या हुने यो शोधको निष्कर्ष छ । यो शोधका अनुसार चुरोट सेवन गर्ने ब्यक्तिलाई सामान्य ब्यक्तिलाई भन्दा ३ गुना बढी ढाड दुख्ने समस्या हुन्छ ।

back pain

नर्थवेष्टर्न यूनिवर्सिटी अफ फेनबर्ग मेडिकल स्कूलका शोध कर्ताहरुले धुम्रपान गर्ने पुरुषहरुमा ढाड दुख्ने समस्या नगर्ने पुरुषको तुलनामा अत्याधिक हुन्छ ।

 

धुम्रपानले दिमागमा प्रभाव पार्ने र र असैह्य ढाड दुख्ने समस्या निम्त्याउने शोधकर्ताहरुको भनाइ छ ।

back pain 1

चुरोट छोड्ने ब्यक्तिलाई ढाड दुख्ने समस्याबाट समेत मुक्ति मिल्ने दावी समेत उनीहरुले गरेका छन् ।

एजेन्सी ।